Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

‘मगर्नीको तीनपाने भाग २’ बजारमा,चर्चामा गायक लम्साल (भिडियो)

‘मगर्नीको तीनपाने भाग २’ बजारमा,चर्चामा गायक लम्साल (भिडियो)

  • 1.5K
    SHARES

  • ‘मगर्नीको तीनपाने भाग २’ बजारमा,चर्चामा गायक लम्साल (भिडियो)

    बुटवल, चैत्र ९।

    सधै हिट गीत पस्किदै आएका गायक वसन्त लम्सालले ‘मगर्नीको तीनपाने भाग २’ गीत बजारमा ल्याएसंगै थप चर्चा बटुलेका छन् ।

    नेपाली लोकसङ्गीतमा मौलिक स्वाद र सांस्कृतिक सम्मिश्रण प्रस्तुत गर्दै आएका गायक तथा सर्जक वसन्तले ल्याउने हरेक जसाे गीतहरु चल्ने गरेका छन् ।

    मगर र गुरुङ समुदायको सांस्कृतिक मिठासलाई एउटै कथामा समेटिएको उहाँको नयाँ गीत वसन्त लम्साल ‘युट्युब’बाट सार्वजनिक भएको छ । यस गीतमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई पनि प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा विश्वास नेपालको सङ्गीत संयोजन, लम्सालसँगै सपना गाहा र सम्झना रणपालको स्वर रहेको छ ।

    अर्घाखाँचीको पाणिनी गाउँपालिकमा जन्मिएका वसन्त लम्सालले यसअघि सार्वजनिक गरिएको मगर्नीको तीनपाने भाग १ ले पाँच ‘मिलियन’भन्दा बढी ‘भ्युज’ प्राप्त गरेको थियो । मगर समुदायको तीनपाने र गुरुङ समुदायको तुम्बा संस्कृतिलाई कलात्मक ढङ्गले एकीकृत गर्दै प्रस्तुत गर्नुभएको छ ।

    मिडियाकर्मी समेत रहनुभएका लम्सालले १५० भन्दा बढी गीतमा स्वर दिइसकेको नागरिक अनलाइनलाइ बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology