Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

हावाहुरी र बेमौसमी वर्षाले कृषि क्षेत्रमा करोडौँको क्षति

हावाहुरी र बेमौसमी वर्षाले कृषि क्षेत्रमा करोडौँको क्षति

  • 903
    SHARES

  • हावाहुरी र बेमौसमी वर्षाले कृषि क्षेत्रमा करोडौँको क्षति

    बुटवल,चैत्र ८ ।

    देशका विभिन्न भागमा आएको विनाशकारी हावाहुरी र बेमौसमी वर्षाले कृषि क्षेत्रमा करोडौँको क्षति पुर्‍याएको छ । 

    बुटवल मोतिपुर-१४ मोतिगञ्जमा पनि चैत्र ६ र ७ गते आएको तीब्र हावाहुरी र बेमौसमी वर्षाले ३-४ बिगाहा लगाइएको बेमौसमी मकैखेती ढल्दा लाखौँको क्षति भएको स्थानीय किसान मुक्ति गैरेले नागरिक अनलाइनलाई बताए । बजार पठाउन तयार हुँदै गरेको मकैबालीमा क्षति पुगेपछि किसान चिन्तित बनेका छन् ।

    तराईदेखि पहाडसम्म लगाइएका मकै, केरा र महँगा टनेल खेती हावाहुरीले सखाप पारेको हप्ता दिन बितिसक्दा पनि सरकारी कार्यालयहरूले तथ्याङ्क सङ्कलन गर्न सकेका छैनन् । तर, राज्यको जिम्मेवार निकायसँग यसको कुनै एकीकृत र आधिकारिक तथ्याङ्क भने छैन ।

    त्यस्तै देवदहका पूर्व मेयर तथा किसान समेत रहेका हिराबहादुर केसीले पनि हावाहुरीले लाखौँको गहुँखेतीमा क्षति पुर्याएको नागरिक अनलाइनलाइ बताए। खेतमा पानी पेसर गहुँ जति ढलेर डुबेपछि किसान निरास भएका छन् । उनले बिउबिजन मदखाद किरा फट्याङ्ग्रा रोग ब्याधिबाट बचाएर राखेको गहुँ बाली भित्राउने बेलामा परेको प्राकृतिक बिपत्तीले आफूहरुलाइ ठूलो क्षती पुर्याएको केसीको भनाइ छ ।att.yZN6RzGKQir-IDxdf2K2pz3pC8KFhRFuGk3K7sjFa5s.jpeg

    एकातिर किसानको पसिना बारीमै सुकेको छ भने अर्कोतिर सरकारी अधिकारीहरू संरचनागत कमजोरीको बहाना बनाएर पन्छिन खोजिरहेको किसानहरूको गुनासो छ । सरकारी संयन्त्रको लाचारीपन र तथ्याङ्कीय अन्योलको विषयमा कृषि विभागका सूचना अधिकारी तिलकराज चौलागाईँको भनाइले नै राज्यको वर्तमान अवस्थालाई चित्रण गर्छ । 

    उनका अनुसार यति ठुलो प्राकृतिक विपत्ति आउँदा पनि सङ्घीय सरकारसँग कति क्षति भयो भन्ने यकिन तथ्याङ्क छैन । चौलागाईँ भन्छन्, ‘अहिलेको अवस्थामा स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्षतिको विवरण सङ्कलन त गरिरहेका होलान्, तर ती विवरणहरू केन्द्रसम्म आइपुग्ने कुनै प्रभावकारी संयन्त्र छैन ।’

    उनले सङ्घीय सरकारले अहिले नै यति क्षति भयो भनेर दाबी गर्न सक्ने अवस्था नरहेको स्वीकार गर्दै तथ्याङ्कको अभावमा राहत र पुनःस्थापनाका योजनाहरू समेत अघि बढ्न नसकेको सङ्केत गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology