Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रेस युनियनको नवाैँ केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्न प्रस्ताव

प्रेस युनियनको नवाैँ केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्न प्रस्ताव

  • 2.0K
    SHARES

  • प्रेस युनियनको नवाैँ केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्न प्रस्ताव

    बुटवल,माघ २८- 

    नेपाल प्रेस युनियन काठमाडौं शाखाले केन्द्रीय महाधिवेशनको आयोजक बन्ने प्रस्ताव गरेको छ ।

    शाखा अध्यक्ष जगन्नाथ दुलालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महाधिवेशन काठमाडौंमा आयोजना गर्न केन्द्रीय समितिसमक्ष प्रस्ताव गरेको हो ।

    बर्दियामा सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने तय गरे पनि स्थान भने तोकेको छैन । अध्यक्ष दुलालले केन्द्रीय महाधिवेशनका लागि सबैलाई काठमाडौं सहज हुने र झण्डै आधा महाधिवेशन प्रतिनिधि काठमाडौं र आसपासमै रहेकाले महाधिवेशनको खर्च पनि कम हुने तर्क गरे ।

    त्यस्तै, बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगरेका सञ्चार गृहलाई तत्काल कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराएको छ ।

     

    नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने निर्णय

    संविधानमाथि आक्रमण भैरहँदा पत्रकारहरुले थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्छ : महासचिव सिवाकोटी

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology