Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

तनहुँको भीमाद नगरपालिकामा पनि कपडा बैंक स्थापना

तनहुँको भीमाद नगरपालिकामा पनि कपडा बैंक स्थापना

  • 2.2K
    SHARES

  • तनहुँको भीमाद नगरपालिकामा पनि कपडा बैंक स्थापना

    बुटवल, चैत्र ७ ।

    तनहुँको भीमाद नगरपालिका मा कपडा बैंकको औपचारिक शुभारम्भ गरिएको छ । शुभारम्भसँगै नगरपालिकालाई १०० सेट न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

    नगरप्रमुख दधिराज सुवेदी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सारदा खनाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्दीप पौडेल तथा Cloth & Food Bank Nepal का योजनाकार तथा सामाजिक अभियन्ता कमल जी.सी. लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । सो अवसरमा नगरप्रमुख सुवेदीले कपडा बैंकको परोपकारी अभियानप्रति खुसी व्यक्त गर्दै स्थानीयलाई यसको अधिकतम उपयोग गर्न तथा अभियानको प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।

    कमल जी.सी ले अब भीमादमा कोही पनि कपडाविहीन रहने छैन । जसलाई कपडा आवश्यक छ, उहाँहरूले हामीलाई निसंकोच सम्पर्क गर्नुहोस् । कपडामा खर्च हुने पैसा बचाएर आफ्ना छोराछोरीको शिक्षा र आफ्नो स्वास्थ्यमा लगानी गर्नुहोस्, यही हाम्रो उद्देश्य हो ।
    उपप्रमुख खनालले आगामी वर्षमा कपडा बैंकलाई नीति तथा योजनामा समावेश गरी बजेट विनियोजन गर्ने र यस पुण्य कार्यलाई तनहुँ जिल्लाभर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले यस्ता कार्यक्रमले कपडाको अभावमा रहेका नागरिकलाई ठूलो राहत पुग्ने, साथै नगरपालिकाको सरसफाइ व्यवस्थापनमा समेत सहयोग पुग्ने र खर्च बचत हुने बताउँदै शुभकामना व्यक्त गर्नुभयो ।

    कार्यक्रममा वडा अध्यक्षहरू लगायतले मन्तव्य राखेका थिए भने नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकाल ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology