शिखर पुरुष गिरिजाबाबु, सुन थियौ तिमी
संसारै यो चम्काउने, जून थियौ तिमी
चुँडी लग्यो दैवले, चैत्र सात छैसठ्ठीमा
भोका ना गरीबको नुन थियौ तिमी
सम्मान म केले गरुँ त्यस्ता शब्द छैनन् कहीँ
राष्ट्रपिता, युगपुरुष, धुन थियौ तिमी
सम्झनामा आँखाहरु, त्यसै बर्षिदिन्छन्
शरिरमा डुलिराख्ने, खुन थियौ तिमी
लोकतान्त्रिक महानायक, सच्चा देशभक्ति
इतिहासमै नमेटिने, गुन थियौ तिमी
बुटवल ,रुपन्देही ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)