Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीद्वारा रिपोर्टर्स क्लब लुम्बिनीका अध्यक्ष क्षेत्री सम्मानित

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीद्वारा रिपोर्टर्स क्लब लुम्बिनीका अध्यक्ष क्षेत्री सम्मानित

  • 873
    SHARES

  • जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीद्वारा रिपोर्टर्स क्लब लुम्बिनीका अध्यक्ष क्षेत्री सम्मानित

    अर्घाखाँची,चैत ६ ।

    भर्खर सम्पन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्री अर्घाखाँचीमा सम्मानित हुनुभएको छ ।

    जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीद्वारा जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र जिल्ला निर्वाचन अधिकारी बुद्धप्रकाश पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।

    निर्वाचन अवधिभर सूचना सम्प्रेषणमार्फत निर्वाह गरेको सक्रिय र जिम्मेवार भूमिकाको कदर गर्दै उहाँलाई सम्मान गरिएको जनाइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले निर्वाचनजस्तो संवेदनशील समयमा सत्य, तथ्य र विश्वसनीय सूचना जनतासम्म पुर्‍याउन सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो ।

    उहाँले पत्रकारहरूको सक्रियताले मतदाता शिक्षा, मतदान सहभागिता तथा निर्वाचनप्रति जनविश्वास अभिवृद्धि गर्न ठूलो योगदान पुगेको उल्लेख गर्नुभयो । त्यसैगरी जिल्ला निर्वाचन अधिकारी पौडेलले निर्वाचनको सम्पूर्ण अवधिमा सञ्चारकर्मीहरूले मतदान केन्द्रदेखि मतगणना स्थलसम्मका गतिविधिलाई निरन्तर रूपमा जनतासामु ल्याएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो।

    उहाँले पारदर्शी र विश्वसनीय निर्वाचनका लागि सञ्चार माध्यमसँगको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो । उक्त कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो ।

    निर्वाचन अवधिभर समाचार संकलन, प्रत्यक्ष सूचना सम्प्रेषण, मतदाता सचेतना तथा निर्वाचनसम्बन्धी गतिविधिलाई प्राथमिकताका साथ सार्वजनिक गरेको मूल्यांकनका आधारमा सम्मान गरिएको हो ।

    सम्मान ग्रहण गर्दै क्लबका अध्यक्ष तथा मिसन लुम्बिनीका प्रबन्धक निर्देशक रामकुमार क्षेत्रीले लोकतान्त्रिक प्रक्रियामा सञ्चार क्षेत्रको जिम्मेवारी अझ बढेको उल्लेख गर्दै आगामी दिनमा पनि निष्पक्ष, सन्तुलित र जनउत्तरदायी पत्रकारितामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology