Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

शान्ति समाज रुपन्देहीको युद्ध निषेध : शान्ति विशेष प्रदर्शन

शान्ति समाज रुपन्देहीको युद्ध निषेध : शान्ति विशेष प्रदर्शन

  • 1.6K
    SHARES

  • शान्ति समाज रुपन्देहीको युद्ध निषेध : शान्ति विशेष प्रदर्शन
    बुटवल,फागुन ३० ।
    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अमेरिका, ईजरायल र ईरानबीच बढ्दो द्वन्द्व रोक्न माग गर्दै बुटवलमा शान्तिपूर्ण प्रदर्शन गरेको छ।
    समाजले ‘युद्ध निषेध, शान्ति विशेष अभियान’ अन्तर्गत बुटवलको पुष्पलाल पार्कमा प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा सहभागीहरूले “युद्ध मानवताको अपमान हो”, “युद्ध समस्याको समाधान होइन” र “वार्ताबाट समस्याको समाधान गर” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
    कार्यक्रममा बोल्ने वक्ताहरूले विश्वमा बढ्दै गएको युद्ध र तनावले मानवता तथा विश्व शान्तिमा गम्भीर असर पार्ने बताएका थिए। उनीहरूले समस्या समाधानका लागि युद्धको बाटो होइन, संवाद र कूटनीतिक पहल अपनाउनुपर्नेमा जोड दिएका थिए।
    कार्यक्रम प्रमुख वक्ता शान्ति समाजका पुर्वकेन्द्रिय सभापति - गोविन्द खनाल एवं अजित ठाकुर-राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी, दिपक ढकाल-पार्दर्शी सरोकार बुटवल, लोकनाथ पन्थी-बुटवल उद्योग व्यापार संघ, सुनिता जिसि-जिल्ला समन्वय समिति तथा समुन्द्र घिमिरे क्षेत्री- युवा अभियान्ता लगायतले बोल्दै शान्तिको विकल्प नभएको वताएका थिए ।
    कार्यक्रममा लालहरि पाण्डे/ रत्ना कंडेल-केन्द्रियसदस्य, कृष्ण भट्टराई - निवर्तमान सभापति, रामराज पोखरेल- पत्रकार महासघ केन्द्रिय सदस्य, गोविन्द मरासिनी- अध्यक्ष, बुटवल बार एसोसिएसन,कृष्ण चौवान- अध्यक्ष,नेपाल स्वयंसेवी रक्तदाता समाज, छाया पन्थ -उपाध्यक्ष, प्रेस चौतारी रुपन्देही एवम् नागरिक अगुवा/अभियान्ताहरु/बरिस्ठ पत्रकार एव संचारकर्मीहर्य लगायतको  उपस्थिति थियोे ।
    शान्ति समाजले अमेरिका, ईजरायल र ईरानबीचको तनाव तत्काल अन्त्य गरी शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न पनि आग्रह गरेको छ।
    कार्यक्रमको अध्यक्षता जिल्ला सभापति- अर्जुन ज्ञवाली, स्वागत जिल्ला उपसभापति- कृष्ण पाण्डे  र कार्यक्रम संचालक जिल्ला सचिव- लिलाधर लुइँटेलले गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण ३० २०८२१०:२१:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology