Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

  • 693
    SHARES

  • एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

    बुटवल,फागुन २९ ।

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

    एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन् । केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

    उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनायो ।मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए ।

    गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण २९ २०८२०८:४९:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology