बुटवल,फागुन २३ ।
रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले रास्वपा कार्यकर्ताको मात्र नभई सम्पूर्ण जनताको पार्टी भएको बताएका छन्।
नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाद पौडेललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका खरेलले विजयपछिको धन्यवाद सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै अबको पाँच वर्ष जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। खरेलले अब तत्काल विजय जुलुस र उत्सवभन्दा पनि कामलाई प्राथमिकता दिने उल्लेख गर्दै भने, “विजय जुलुस पाँच वर्षपछि मनाउँला, अहिले जनताले दिएको जिम्मेवारी पूरा गर्न लाग्छु।”
खरेलले रुपन्देही–२ को विकास, सुशासन र जनताको समस्याको समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)