बुटवल ,फागुन २२।
रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई झनै फराकिलो बनाउँदै लगेका छन् ।
हालसम्म १५ हजार ४१३ मत गणना हुँदा खरेलले १० हजार ५०९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले २ हजार १९३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले १ हजार २०४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डेले ३५३ मत प्राप्त गरेका छन् ।
रूपन्देही-२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६ र सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ समेटिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)