Logo मंगलवार, श्रावण १२ गते २०८३
images

घरदैलो समापन गर्दै चुन्नले भने-‘मतदाताको अपार माया र सद्भावले जित सुनिश्चित’

घरदैलो समापन गर्दै चुन्नले भने-‘मतदाताको अपार माया र सद्भावले जित सुनिश्चित’

  • 1.1K
    SHARES

  • घरदैलो समापन गर्दै चुन्नले भने-‘मतदाताको अपार माया र सद्भावले जित सुनिश्चित’

    बुटवल,फागुन १८ ।

    क्षेत्र न २ रुपन्देहीमा नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले आज अन्तिम दिन तिलोत्तमा र बुटवल क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।
    तिलोत्तमा नगरपालिका–४ अन्तर्गत ड्राइभरटोल, डिङ्गरनगर, सीमानगर लगायतका क्षेत्रको घरदैलोमा स्थानीयले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए । यस्तै  बुटवल उपमहानगरपालिका वडा न ११ का विभिन्न टोलमा समेत घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।

    IMG_5947.jpeg

    घरदैलोका क्रममा उम्मेदवार पौडेलले स्थानीयसँग संवाद गर्दै सुकुम्बासी समस्या समाधान, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले क्षेत्रको समग्र विकासका लागि जनताको आवश्यकता र सुझावका आधारमा योजना अघि बढाइने पनि बताए । मतदातासँगको भेटघाटमा उनले विकास, रोजगारी सिर्जना तथा आधारभूत सेवा विस्तारलाई केन्द्रमा राखेर काम गर्ने आफ्नो योजना रहेको बताएका थिए ।

    एउटा निर्वाचन क्षेत्रका जनप्रतिनिधिहरूको हैसियतले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूका चाहना, चासो, चिन्ता र आवश्यकतालाई सम्बोधन गराउन निरन्तर आवाज उठाउने उनको भनाइ छ ।  उम्मेदवार पौडेलले ज्ञान, विज्ञान र प्रविधिको विकाससंगै आएका अवसर र चनौतिको व्यवस्थापन गरी नवयुवा लगायत पछाडि परेका र पारिएका वर्ग समुदायलाई राष्ट्र निर्माणमा जोड्न समर्पित हुनेबताए । घरदैलोमा स्थानीयले समेत क्षेत्रका विविध समस्या राख्दै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

    पौडेललाइ घरदैलोमा खादा,माला,टीका लगाएर मतदाताले घरघरमा स्वागत गर्दै जितको शुभकामना  र आर्शिबाद समेत प्रदान गरेका छन् । मतदाताको माया र सद्भावले आफ्नो जित सुनिश्चित भएको उम्मेदवार पौडेलले बताए ।

    chuuu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology