Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा थप १३० मा कोरोना सङ्क्रमण पुष्टि,सातको मृत्यु

पछिल्लो २४ घण्टामा थप १३० मा कोरोना सङ्क्रमण पुष्टि,सातको मृत्यु

  • 3.7K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप १३० मा कोरोना सङ्क्रमण पुष्टि,सातको मृत्यु

    बुटवल,माघ २७-

    पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

    अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार २६६ पुगेको छ । 

    मन्त्रालयका अनुसार अहिले देशभर एक हजार ७४४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा र एक हजार ७४४ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा २०  लाख ९६  हजार ७५० को पिसिआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा एक हजार १२० रहेको छ ।

    थप सात जनाको मृत्यु :

    पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई हजार ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology