Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही २ : काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीको अपिल

रुपन्देही २ : काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीको अपिल

  • 1.5K
    SHARES

  • रुपन्देही २ : काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीको अपिल

    बुटवल,फागुन १८ । 

    आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ मा नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका चुन्नप्रसाद शर्मा पौडेललाई मत दिन उद्योगी–व्यवसायीहरूले आग्रह गरेका छन् ।

    काँग्रेसको उद्योगी–व्यवसायी परिचालन उपसमितिका संयोजक हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई व्यक्तिको प्रतिष्ठाभन्दा पनि देश रुपान्तरणको अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा रुख चिन्हमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गरिएको छ ।

    विज्ञप्तिमा राजनीति आय–आर्जनको माध्यम नभई जनसेवाको अवसर भएको उल्लेख गर्दै निजी क्षेत्रप्रति काँग्रेसको विश्वासलाई मतमा परिणत गर्ने समय आएको जनाइएको छ ।
    उम्मेदवार पौडेलले उद्योग–व्यवसाय तथा समग्र विकाससँग सम्बन्धित विभिन्न प्रतिबद्धता अघि सारेका छन् ।

    कर तथा राजश्व कानुन सुधार गरी आयकर छुट सीमा १० लाख रुपैयाँसम्म पु¥याउने, विभिन्न शीर्षकमा लिइने करलाई एकीकृत गर्ने र भिसिटिएस तथा ई–बिलिङ प्रणालीलाई एउटै सफ्टवेयरमा समेटेर सरल बनाउने प्रतिवद्धता जनाइएको छ । यस्तै, सार्वजनिक खरिद ऐन संशोधन गरी निर्माण तथा खरिद प्रक्रिया सहज र पारदर्शी बनाउने, बुटवल औद्योगिक क्षेत्र विस्तार गर्ने तथा मोतिपुर औद्योगिक क्षेत्र स्थानीय सरकारसँगको समन्वयमा सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ ।

    स्वास्थ्य क्षेत्रतर्फ लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार गर्ने र बुटवल मेडिकल कलेज सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइएको छ। साथै कृषि आधुनिकीकरण, युवालाई सीपमूलक तालिम, रोजगारी सृजना, भूमिहीन व्यवस्थापन, चुरे संरक्षण, नदी तटबन्ध, सडक तथा खेल पूर्वाधार विकास, प्राविधिक शिक्षाको विस्तार र झुम्सा खानेपानी आयोजना सम्पन्न गर्ने योजनासमेत समेटिएका छन् ।

    विज्ञप्तिमा काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल जनतासँग नजिक रहेर काम गर्ने नेतृत्वका रूपमा प्रस्तुत हुँदै कानुन निर्माण र विकासका एजेन्डा कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ । उद्योगी–व्यवसायी परिचालन उपसमितिले सम्पूर्ण उद्योगी–व्यवसायी समुदायलाई सक्रिय सहभागिताका साथ मतदान गर्न आग्रह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology