Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सबैभन्दा नयाँ र परिमार्जित पार्टी नै कांग्रेस हो : सभापति अमरसिंह पुन

सबैभन्दा नयाँ र परिमार्जित पार्टी नै कांग्रेस हो : सभापति अमरसिंह पुन

  • 1.9K
    SHARES

  • सबैभन्दा नयाँ र परिमार्जित पार्टी नै कांग्रेस हो : सभापति अमरसिंह पुन

    नेपालगन्ज,फागुन १७ ।

    नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अहिलेका लागि सबैभन्दा नयाँ र परिमार्जित दल नेपाली कांग्रेसनै भएको दाबी गर्नुभएको छ । 

    बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति पुनले कुन पार्टी नयाँ, कुन पार्टी पुरानो र कुन पार्टी सही तथा कुन पार्टी गलत भनेर छुट्याई दिने काम फागुन २१ गते मतदाताले गर्ने बताउनुभयो । 

    बाँके बैजनाथ गाउँपालिका-४, बानियाभारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरुलाई मुल्याङ्कन गर्ने काम जनताले निष्पक्ष रूपले गर्नुपर्ने समय आएको बताउनुभयो । 

    कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले भन्नुभयो–‘कुन पार्टी सही, कुन पार्टी गलत भनेर यहाँहरूले नै छुट्याई दिनुपर्यो, नेपाली कांग्रेस पार्टी इतिहासमा रैतीबाट नागरिक बनाउने पार्टी हो, हरेक परिवर्तनमा नेतृत्व गरेको पार्टी नै कांग्रेस हो ।’ उहाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेसको नीति र विधिमाथी धेरै प्रश्न उठेपछि आफूहरूले पार्टीभित्रै अन्तर सङ्घर्ष गरेर नयाँ तथा युवा नेतृत्वसहित जनतामा आएको बताउनुभयो । 

    नेता पुनले थप्नुभयो, ‘कांग्रेस पार्टीमा अहिले नयाँ र धेरै युवाहरूलाई अगाडि सारिएको छ, पुरानो अनुभव, नयाँ सोच र नयाँ नीतिका साथ हामी नयाँ ढङ्गले आएका छौं, यो देशमा कोही नयाँ छ त कांग्रेस पार्टी मात्र छ ।’

    सो अवसरमा नेपाली कांग्रेसकी नेतृ एवम् महाधिवेशन प्रतिनिधि कमला हमालले देशका लागि सबैभन्दा बढी सङ्घर्ष र बलिदान दिने काम कांग्रेसले मात्रै गरेको दाबी गर्दै अहिलेको सङ्कटको अवस्थामा फेरि पनि कांग्रेसकै नेतृतव देशलाई आवश्यक परेको बताउनुभयो । 

    निर्वाचनको मिति आउन तीन दिन मात्र बाँकी रहँदा बाँके क्षेत्र नम्बर ३ मा सबै उम्मेदवारले मतदाता भेटघाट, घरदैलो र चुनावी कोण सभाहरूमा तिव्रता दिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology