Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्कुटर दुर्घटनामापरि कलाकार पूजा गहतराजको मृत्यु 

स्कुटर दुर्घटनामापरि कलाकार पूजा गहतराजको मृत्यु 

  • 29.2K
    SHARES

  • स्कुटर दुर्घटनामापरि कलाकार पूजा गहतराजको मृत्यु 

    बुटवल,माघ २६-

    रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको मृत्यु भएको छ । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको तिलोत्तमा ३ ड्राइभरटोल नजिकै बसको ठक्करबाट लु ३० प ८५६९ नम्बरको स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    उनी बुटवलबाट मणिग्रामतर्फ जादै थिइन् ।उनको घर बुटवल चाँदबारी भएको खुलेको छ ।लु  १ ख ७१०८ नम्बरको बसले ठक्कर दिएपछि घाइते पूजालाइ क्रिमशन अस्पतालमा लगिएको थियो ।

    बस र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ  ।

    २६ बर्षिया पूजा गहतराज नृत्यङ्गना हुन् भने न्यू इन्भाराेमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् ।उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेकाे कलाकार किशाेर थापा मगरले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृतआत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology