Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

लकडाउनपछि बुटवलको पहिलाे च्यारिटी शो,‘किन रुन्छ मेरो मन तिमी बिना’ !

लकडाउनपछि बुटवलको पहिलाे च्यारिटी शो,‘किन रुन्छ मेरो मन तिमी बिना’ !

  • 2.9K
    SHARES

  • लकडाउनपछि बुटवलको पहिलाे च्यारिटी शो,‘किन रुन्छ मेरो मन तिमी बिना’ !

    बुटवल,माघ २६-

    बुटवलमा नेपाली कथानक चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ को च्यारिटी शो गरिएको छ ।बुटवल स्थित मिलन चलचित्र मन्दिरमा कलाकारहरुको साथमा च्यारिटी शो सम्पन्न भएको हाे ।

    बृद्धा आश्रमलाइसहयोग गर्ने हेतुले चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ बुटवलमा च्यारिटि शो गरिएको निर्माता रिता मल्लले जानकारी दिनुभयाे । 

    सामाजिक विकृति विसंगति विरुद्ध तिखो व्यंग्य प्रहार गर्दै समाज रुपान्तरणका लागि चलचित्रले महत्वपूर्ण सन्देश दिएकोे चलचित्रका हेरेपछि  दुर्शकहरुले प्रतिक्रिया दिए।

    अर्गानिक नेपालीपन मिसिएको चलचित्रले समाज विकासमा योगदान गर्ने चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले बताए ।

    अध्यक्ष श्रेष्ठले फिल्म हेरेपछि हाम्रो मुलुकमा बिद्यमान सामाजिक असमानता,जातिय छुवाछुत,रुढीवादीता,बर्गीय असमानता  लगायतका बिभिन्न कुरिति र सामाजिक प्रेमकथालाई जस्ताको तस्तै चलचित्रको पर्दामा उतारिएको बताएका छन् ।

    त्यस्तै समाजको यथार्थ चित्रणलाइ पर्दामा रमाइलो ढंगले उतारिएको चलचित्रकी निर्माता रहेकी रिता मल्लले जानकारी दिइन्। साे चलचित्र काठमाण्डाैँ,बुटवल, पाल्पामा खिचिएको र समग्रमा कथा र कलाकारको राम्रो कम्बिनेशन रहेको र दर्शकले फिल्म मनपराउने चलचित्रका निर्देशक शिव आचार्यले बताए। film.jpg

    मल्ल शाही इण्टरटेन्मेण्ट प्रालिको ब्यानरमा भेष कुमारी शाही तथा रिता मल्लको निर्माण रहेको नेपाली कथानक चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ मा निर्देशन शिव आचार्य, कथा जनक गुरुङ, छायांकन हरि बहादुर आले, सम्पादन तर थापा किम्भे , शृंगार सरु ओली, द्वन्द मिलन श्रेष्ठको रहेको छ ।

    उक्त चलचित्र ‘किन रुन्छ मेरो मन, तिमी बिना ’ मा शिव आचार्य , कृष्ण मल्ल , कालु राना , टार्जन , बसन्त  राना रंगिला , आवाश ज्ञवाली,अपेत्ता, ज्योति,राज आदि कलाकारहरुको अभिनय छ।

    लुम्बिनी कलाकर्मी संघको आयोजनामा भएको च्यारिटि शोमा हलमा दर्शक खचाखच भरिएको थियो।  सो कार्यक्रम मा सानिमा लाइफ इन्स्युरेन्सका प्रकाश गौतमले चलचित्रको सफलताको कामना गरेका थिए।

    नेत्र बिष्ट म्यानेजर रहेको फिल्म को पोस्ट प्रोडक्सन द पाल्म ग्रुप प्रालिले गरेको थियो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology