Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

‘बुटवल रक्स’को एकस्टिक लाइभ सोमा झुमे दर्शक

‘बुटवल रक्स’को एकस्टिक लाइभ सोमा झुमे दर्शक

  • 3.4K
    SHARES

  • ‘बुटवल रक्स’को एकस्टिक लाइभ सोमा झुमे दर्शक

    बुटवल,माघ २५- 

    ‘बुटवल रक्स’को आयोजनामा बुटवलस्थित ओजस लाउण्जमा विशेष सांगितीक प्रस्तुती ‘एकस्टिक लाइभ सो’भएको छ ।

    बुटवल, भैरहवासहित रुपन्देहीका विभिन्न व्याण्डहरु रहेको समूहले आपसी भेटघाट र सांगितीक विकासका लागि कार्यक्रम आयोजना गरेको बुटवल रक्सका अध्यक्ष तथा गायक बसन्त श्रेष्ठले नागरिक अनलाइनलाइ बताए ।

    कार्यक्रममा बसन एण्ड क्रुज, रकजिन, अंकिता पुन, प्रनिस एण्ड टिम ,सागर थापा काजि र संस्कारसहित ६ वटा व्याण्डहरुको सहभागिता रहेको थियो । कार्यक्रममा व्याण्डहरुले नेपाली तथा अंग्रेजी गीतहरु प्रस्तुत गरेको कार्यक्रमका संयोजक अजिप श्रेष्ठले बताए । कार्यक्रममा डेसिबल साउण्डको विशेष सहयोग रहेको थियो भने अनुप प्रधानले साउण्ड इञ्जिनियरिङ्ग गरेको थियाे ।

    कार्यक्रममा व्याण्डहरुसँगै संगीतप्रेमीहरुको पनि उत्साहजन सहभागिता रहेको उनले बताए । व्याण्डहरुले आफ्नो गीतबाट दर्शक तथा श्रोतासामु थप परिचित र निकट भएको संयोजक अजिप श्रेष्ठले दावी गरे । कार्यक्रम बुटवल रक्सका मनिस गुरुङले सञ्चालन गरेका थिए ।

    ‘बुटवल रक्स’ सांगितीक व्याण्डहरुको क्रियाशील समूह हाे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology