Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रोल्पामा जिप दुर्घटना : २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु

रोल्पामा जिप दुर्घटना : २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु

  • 603
    SHARES

  • रोल्पामा जिप दुर्घटना : २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु

    रोल्पा,फागुन १२ ।

    दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ । मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार, सो दुर्घटनामा परेर परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको हो ।

    ११ जना यात्रुलाई लिएर बिहान दाङबाट हिंडेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकभन्दा तल खसेको हो ।घाइते भएका १० जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology