बुटवल,फागुन १२ ।
निर्वाचनको समय नजिकिरहँदा उम्मेदबारको घरदैलो र मतदाता भेटघाट तिब्र भएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदबार बिष्णु प्रसाद पौडेलले मँगलबार तिलोत्तमा नगरपालिकाको वडा नं ५ मा घरदैलो कायक्रम गरेका छन ।
बिहान सबेरै उनी मतदाताको घरदैलोमा पुगे । यस क्षेत्रबाट निर्वाचित भएर देशकै अर्थमन्त्रीका रुपमा रुपन्देहीको विकासमा योगदान दिएका उम्मेदबार पौडेलले मतदाताको सुझाव लिएका छन् । अधिकांश पुरानै मतदाताहरु उनको विकास र योजना बारेमा बुझेका छन् । घरदैलोमात्र होईन मन्दिर, विद्यालय र संघसंस्थाहरुमा समेत उनी पुगे । नेता पौडेलले श्री सरस्वती पन्चायतन मन्दिर वैदिकाश्रम दर्शन तथा बटुकहरुसँग टिका ग्रहण समेत गरे ।
पौडेललाई विजयी गराउने गरि लागेको तिलोत्तमा वडा नं ५ का संयोजक कृष्ण प्रसाद भट्टराईले बताए ।रुपन्देहीको निर्वाचन परिचालन कमिटिको आयोजनामा मंगलबार बिहानैबाट चुनावी प्रचारप्रसार भएको हो । पहिलो चरणको घरदैलो सकेर यो दोस्रो चरण शुरु भएको उनले बताए ।
मंगलबार नै तिलोत्तमाको वडा नं। ६ को समेत घरदैलो रहेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिका गरि ३ पालिका समेटिएको भुगोलमा हरेक मतादातालाई भेट्ने र आफना प्रतिवद्धता सुनाउदै पौडेल दैनिक हिडेका छन । कतिपय ठाउमा सवारी साधन र कतिपय स्थानमा पैदल नै हिड्दै मतदाता भेट्ने काम जारी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)