बुटवल,माघ २५-
सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथी आज सुनुवाइ हुँदैछ। उनले अदालतमा आफैँ उपस्थित भएर संवैधानिक परिषद्मा भएको नियुक्ति बदर हुनुपर्ने रिट दर्ता गराएका थिए।
मंसिर ३० गते आफ्नो उपस्थितिबिना बसिएको बैठकबाट ल्याइएको अध्यादेशमार्फत गरिएको नियुक्ति गैरकानुनी भएको जिकीर गर्दै सापकोटाले रिट दर्ता गराएका थिए।
यसरी गरिएको सिफारिसअनुसार बुधबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक परिषद्मा सिफारिस सबै पदाधिकारीलाई सपथ गराएका थिए।
सभामुख सापकोटाले राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाएका छन्। संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्य एवं प्रधानन्यायाधीश राणा तथा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र नियुक्ति पाएका व्यक्तिहरुलाई रिटमा विपक्षी बनाइएको छ।
अख्तियार, मानव अधिकार आयोगलगायत निकायमा ३४ जनाले सपथ लिएका थिए।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ रिट
संवैधानिकआयोगमा नियुक्ति : बदरको माग गर्दै सर्बोच्च अदालतमा सभामुख सापकोटाद्वारा रिट दायर
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)