Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

प्रेस युनियन जापान शाखा संयोजकमा राजविज,सदस्य सचिवमा विश्वबन्धु

प्रेस युनियन जापान शाखा संयोजकमा राजविज,सदस्य सचिवमा विश्वबन्धु

  • 501
    SHARES

  • प्रेस युनियन जापान शाखा संयोजकमा राजविज,सदस्य सचिवमा विश्वबन्धु

    जापान,फागुन ९ ।

    जापानमा रहेका विभिन्न मिडियामा संलग्न लोकतन्त्रवादी पत्रकार,सञ्चारकर्मी तथा संचार क्षेत्रमा सक्रिय व्यक्तिहरूको सक्रियतामा नेपाल प्रेस युनियन जापान शाखा गठन भएको छ ।

    जापानमा रहेका करिब २५ जना पत्रकारहरुको प्रारम्भिक अनलाईन बैठक मार्फत संस्थापक तदर्थ समिति गठन भएको र उक्त समितिलाई फाल्गुन ८ गते बसेको केन्द्रिय समितिको बैठकले स्विकृत प्रदान गरेकोले आधिकारिक रुपमा नेपाल प्रेस युनियनको जापान शाखा गठन भएको हो ।

    राजविन थापा 'रामु' को संयोजकत्वमा गठित उक्त समितिमा बिश्वबन्धु भण्डारी सदस्य सचिव र अन्य सदस्यहरुमा क्रमश: गणेश शर्मा पौडेल,राजेन्द्र भट्ट, विश्वास आचार्य,शिक्षा पन्त र विकास बिश्वकर्मा रहेको सात सदस्यिय तदर्थ समिति गठन भएको छ ।

    गठित तदर्थ समितिले केन्द्रीय समितिसँग आवश्यक समन्वय गर्दै संगठन विस्तार, सदस्यता विवरण संकलन तथा आगामी भेला ,अधिवेशनको तयारी गर्ने जिम्मेवारी पाएको संयोजक थापाले जानकारी दिएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण ९ २०८२०८:१९:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology