Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

पाल्पामा कालिज फर्ममा चितुवा पसेर मार्याे एक सय कालिज !

पाल्पामा कालिज फर्ममा चितुवा पसेर मार्याे एक सय कालिज !

  • 2.8K
    SHARES

  • पाल्पामा कालिज फर्ममा चितुवा पसेर मार्याे एक सय कालिज !

    बुटवल,माघ २५- 

    पाल्पामा कालिज फर्ममा चितुवाले आक्रमण गर्दा एक सयबढी कालिज नष्ट गरेको छ ।

    तानसेन नगारपालिका वडा नं ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा भएको काफलको रुखबाट पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिनुभयो ।

    रातीको समयमा अन्जानमा फसेको चितुवालाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा फर्मबाट बाहिर निकालिएको रेन्जर पोखरेलले बताउनुभयो ।

    जिल्लामा चितुवालाई नियन्त्रण लिने साधन र दक्ष जनशक्ती नभएको हुँदा झन्डै ५ घण्टाको प्रयासपछि चितुवालाई जंगलमै छाडिएको छ । बिहान कालिजलाई दाना दिने क्रममा चितुवा देखेपछि स्थानयिले वन कार्यालयमा सम्पर्क गरेको थिए ।

    कालिजले फर्ममा रहेका सयबढी कालिज नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पा यसअघि पनि दुम्सीलाई पारेको पासोमा अल्झिएको चितुवालाई नियन्त्रण् गर्ने साधन नहुँदा पासोसँगै चितवन राष्टिय निकुञ्जमा छाडिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology