बुटवल,फागुन २।
रुपन्देहीको बुटवल–११ कालिकानगरमा रहेको इन्टलेक्च्युअल एकेडेमीले आफ्नो १६ औँ वार्षिकोत्सव तथाअभिभावक दिवस विविध कार्यक्रम गरेर मनाएको छ ।
विद्यालयले स्थापनाको १६औं वर्ष प्रवेशका अवसरमाउत्कृष्ट विद्यार्थी, शिक्षक कर्मचारी, विभिन्न रचनात्मक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट भएकाविद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरेर बार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दैजिल्ला शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले शिक्षाको हवका रुपमा विकास हुँदै आएकोबुटवलमा संस्थागत विद्यालयको भुमिका र योगदान महत्वपुर्ण रहेको भन्दै चर्चा गर्नुभयो ।
उहाँले संस्थागतविद्यालयहरुले राम्रो र उत्कृष्ट जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्दै सरकारले निजी शैक्षिक संस्थाहरुकोविकासका लागि नयाँ कार्यक्रम र योजनाहरु ल्याउन आवश्यक रहेको बताउनुभयो ।
विद्यालय संचालक समितिका अध्यक्ष अधिवक्ता गोविन्दप्रसाद मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममाविद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रवन्ध निर्देशक रामराज पोखरेलले गुणस्तरीय शिक्षा र व्यवहारिकशिक्षाकालागि विद्यालयले योजनावद्ध तरिकाले कार्य गर्दै आएको बताउनुभयो । विद्यार्थीहरुलाई प्रारम्भिकतहदेखिदै फरक सिकाई र संस्कारयुक्त शिक्षण सिकाइलाई जोड दिएको उल्लेख गर्दै उहाँले विद्यार्थीलाई दवावमाहोईन उनीहरुको चाहना अनुसारको शिक्षा दिने कार्यक्रमा विद्यालय निरन्तर सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखा अधिकृत मधुसुदन बेल्बासे, प्याब्सन बुटवलका अध्यक्षमित्रमणि आचार्य, इएनटी सर्जन डाक्टर विष्णु शर्मा, विद्यालय संचालक समिति सदस्य बालकुमारीभण्डारीलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । शिक्षक ब्युटी रसाल र सिमरन थापाको संचालनमाभएको कार्यक्रममा गएको शैक्षिक सत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, विषय शिक्षक, विभिन्न रचनात्मककार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरिएको एकेडेमीका कोर्डिनेटर माया पौडेलले जानकारीदिनुभयो ।
सो अवसरमा विद्यार्थीहरुले विभिन्न प्रकारका साँस्कृतिक प्रस्तुतीहरु देखाएका थिए भने विज्ञान, चित्रकलालगायतका प्रदर्शनीहरु पनि विद्यालय प्राङ्गढमा प्रदर्शन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)