बुटवल,माघ २४-
बुटवल उपमहानगरपालिका वडानम्बर दुई जितगढीकिल्ला नजिकै रहेको अक्षर एकेडेमी (विद्यालय) ले आफ्नो चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार मनाएको छ ।
विद्यालयले विभिन्न रचनात्मक कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियशन (एनप्याब्सन) रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्यालले शैक्षिक विकासमा निजि विद्यालयले खेलेको भुमिका उल्लेखनीय रहेको बताउनुभयो ।
उहाँले कोरोना कहरका कारण शैक्षिक क्षेत्रमा परेको असरले शैक्षिक उपलब्धि र सिकाई उपलब्धिमा ठुलो प्रभाव पारेको बताउदै त्यो अवस्था सुधारोन्मुख हुदै आएको बताउनुभयो ।
कार्यक्रममा एन प्याब्सन रुपन्देहीका पुर्व अध्यक्ष देउप्रकाश राई, उपाध्यक्ष विल गुरुङ्ग, अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्रदेश अध्यक्ष हेम थापा, खेल प्रशिक्षक रमेश न्यौपाने, शिक्षक वविता अर्याल, सपना देउजा, अभिभावक दिपा पटेल, विद्यार्थी दिपशिखा तिवारी, प्रमिशा गिरी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
विद्यालयका सल्लाहकार विदुर पौडेलको संचालनमा भएको कार्यक्रममा प्रिन्सिपल रुपा श्रेष्ठ पाठकले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा र बालमैत्री सिकाईलाई विद्यालयले मुख्य विषय बनाएको बताउनुभयो । सो अवसरमा शैक्षिक तथा विभिन्न रचनात्मक गतिविधिमा उत्कृष्ठ बनेको विद्यार्थी, शिक्षक तथा अभिभावकलाई पुरस्कृत गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)