बुटवल,फागुन १ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीले निर्वाचन लक्षित प्रतिबद्धता घोषणापत्र सार्वजनिक गरेको छ।
पोलिटब्युरो सदस्य बसन्त श्रेष्ठले २०५२ सालबाट पार्टीले सुरुआत गरेको ऐतिहासिक जनयुद्धमा आफ्नो जीवनबलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गरे।
श्रेष्ठले जनयुद्धले बोकेको परिवर्तनको लक्ष्य र जनताको मुक्तिको मार्गमा कम्युनिस्ट शक्तिहरू दृढतापूर्वकअगाडि बढ्न नसक्दा देश अहिले गम्भीर राजनीतिक, आर्थिक र राष्ट्रिय संकटमा धकेलिएको आरोप लगाए।
उनले जनताको बलिदान र संघर्षलाई बिर्सेर अवसरवाद र सत्ता केन्द्रित राजनीतिमा अल्झिने प्रवृत्तिले देशलाईअन्योल र अस्थिरतातर्फ धकेलेको टिप्पणी गरे। जनयुद्ध दिवसको अवसरमा देशभक्त तथा कम्युनिस्टशक्तिहरूलाई वैचारिक स्पष्टता र संघर्षको संकल्पसहित एकजुट हुन उनले आह्वान गरे।
सो अवसरमा क्षेत्र नं. २ का उम्मेदवार बिरेन्द्र सी ले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका थिए। उनलेराजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राख्दै प्रत्यक्ष निर्वाचित कार्यकारीप्रमुखको निर्वाचन प्रणाली लागू गर्न पहल गर्ने घोषणा गरे।
तीन तहका सरकारबीच फैलिएको दोहोरो कर प्रणालीहटाई सर्वसुलभ कर व्यवस्था लागू गर्ने तथा साना–मझौला व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण उपलब्धगराउने प्रतिबद्धता उनले व्यक्त गरे।
उनले भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्दै भ्रष्ट सम्पत्ति राष्ट्रियकरण गर्ने चेतावनी दिए।
गम्भीर भ्रष्टाचारर मानवता विरोधी अपराधमा कठोर कारबाही गर्ने नीति अवलम्बन गरिने उल्लेख गर्दै सहकारी पीडितको बचतफिर्ता गराउने, मिटरब्याज नियन्त्रण गर्ने तथा सरकारी संयन्त्रमा मौलाएको ढिलासुस्ती, घुसखोरी र बिचौलियाप्रवृत्तिको अन्त्य गर्ने अडान उनले व्यक्त गरे।
कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित किसानलाई समयमैमल, बीउ तथा सिँचाइ सुविधा उपलब्ध गराउने र उत्पादनलाई प्रत्यक्ष बजारसँग जोड्ने योजना अघि सारिएको छ।शिक्षा क्षेत्रमा शिक्षक तथा कर्मचारी दरबन्दी थप गर्ने, सामुदायिक विद्यालय सुदृढ गर्ने तथा सीपमूलक र सूचनाप्रविधि शिक्षालाई विस्तार गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ।
कार्यक्रममा क्षेत्र नं. ३ का शंकर ज्ञवाली, क्षेत्र नं. ४ का विष्णु तिवारी तथा क्षेत्र नं. ५ का विष्णु प्रसादभट्टराईलगायत नेताहरूको उपस्थिति रहेको थियो। नेताहरूले जनताको विश्वास जित्दै समृद्ध, समानतामूलक र न्यायपूर्ण समाज निर्माणतर्फ पार्टी प्रतिबद्ध रहेको बताएका थिए।
video link : https://www.facebook.com/share/v/1D834qHtVd/?mibextid=wwXIfr
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)