Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवल जेसीजको ५२ औं पदस्थापन तथा सम्मान,अध्यक्षमा यदुमणि

बुटवल जेसीजको ५२ औं पदस्थापन तथा सम्मान,अध्यक्षमा यदुमणि

  • 3.8K
    SHARES

  • बुटवल जेसीजको ५२ औं पदस्थापन तथा सम्मान,अध्यक्षमा यदुमणि

    बुटवल,माघ २६ ।

    बुटवल जेसीजको ५२ औं पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि पाण्डेले युवाहरू नै समाज परिवर्तनका मुख्य संवाहक भएको उल्लेख गर्दै जेसीजले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र उद्यमशीलताको क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय भएको र बुटवलको समग्र विकासमा जेसीजको योगदान अझ प्रभावकारी हुने विश्वास लिएको बताए ।

    ५२ औं साधारणसभा तथा शाखा अधिवेशनबाट निर्विरोध निर्वाचितको सुची
    १. जेसी यदुमणी पोखरेल — अध्यक्ष
    २. जेसी मनोजलाल श्रेष्ठ — कार्यकारीणी उपाध्यक्ष
    ३. जेसी विकास पन्थी — कार्यकारीणी उपाध्यक्ष
    ४. जेसी शैलेस पाण्डे — उपाध्यक्ष
    ५. जेसी सरोज पोखरेल — उपाध्यक्ष
    ६. जेसी सुभाष के.सी. — उपाध्यक्ष
    ७. जेसी सम्राट विक्रम कुँवर — उपाध्यक्ष
    ८. जेसी हरि प्रसाद घिमिरे — सह सचिव
    ९. जेसी प्रज्वल भट्टराई — सह कोषाध्यक्ष
    रहेका थिए । निर्वाचन आयुक्तको भूमिकामा विनोद घिमिरे रहेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष जेसी यदुमणी पोखरेलले बुटवलको सामाजिक, शैक्षिक र आर्थिक विकासमा केन्द्रित कार्यक्रमहरू अघि बढाइने प्रतिबद्धता जनाउँदै भने, “युवाको क्षमता उजागर गर्दै नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन र सामाजिक सेवामा बुटवल जेसीजलाई अझ सक्रिय बनाइनेछ । हामी सबैको सहकार्यबाट संस्थालाई नयाँ उचाइमा पुर्‍याउनेछौं।”

    जेसीजको विधानअनुसार अध्यक्ष पोखरेलले महासचिवमा कमल शर्मा, कोषाध्यक्षमा रमेश न्यौपाने, कानुनी सल्लाहकारमा माधव पराजुली र अध्यक्ष सहयोगीमा विनोद पोखरेललाई मनोनीत गरेका छन् । साथै उनले सल्लाहकार तथा निर्देशकहरू समेत मनोनीत गरेका छन् ।

    वर्ष २०२५ का अध्यक्ष जेसी मोहन न्यौपानेले पदहस्तान्तरण गर्दै वर्ष २०२६ का अध्यक्ष यदुमणी पोखरेललाई चेन सहित पद हस्तान्तरण गरेका हुन् । सो अवसरमा २०२५ का कार्यकारिणी उपाध्यक्ष विनोद पोखरेल, महासचिव प्रकाश गैरे र उपाध्यक्ष नारायण घिमिरे भावुकलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

    पदस्थापन कार्यक्रममा विभिन्न संघसंस्था तथा जेसीज शाखाबाट करिब ४०० जनाको सहभागिता रहेको २०२५ का महासचिवले जानकारी दिएका छन् । कार्यक्रम २०२५ का महासचिव प्रकाश गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, माघ २६ २०८२०८:४०:३३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology