Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ तटीय क्षेत्रका जनता अब रातभर जाग्राम बस्नु पर्दैन : बिष्णु पौडेल

तिनाउ तटीय क्षेत्रका जनता अब रातभर जाग्राम बस्नु पर्दैन : बिष्णु पौडेल

  • 2.1K
    SHARES

  • तिनाउ तटीय क्षेत्रका जनता अब रातभर जाग्राम बस्नु पर्दैन : बिष्णु पौडेल

    बुटवल,माघ २६ ।

    पूर्वअर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले तिनाउ नदी किनारमा जोखिममा रहेका बस्तीका नागरीक अब बाढीको त्रासमा बाँच्नुपर्ने बाध्यताको अन्त्य भएको बताएका छन ।

    तिनाउ दानव नदीको कारणले हुनसक्ने जोखिम न्यूनीकरण गर्न र यसको दीर्घकालीन समाधानका लागि तिनाउ नदीको दायाँबायाँ दुबैतर्फ स्थायी तटबन्धको काम सुरु भइसकेको उनले बताए ।

    सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को पवित्रनगर टोल कमिटीको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्षायाममा तिनाउ नदीमा आउने बाढीका कारण तटीय क्षेत्रका नागरीकहरु रातभर जाग्राम बस्नुपर्ने बाध्यताको अन्त्य भएको दावी गरे ।

    उनले तिनाउ नदीको कटान नियन्त्रणका लागि अहिले २५ करोड लागतमा तटबन्ध निर्माणको काम भइरहेको बताए ।

    नेता पौडेलले विकासमा गति लिएको रुपन्देहीका सबै योजनाहरु अघि बढ्ने बताए । रुपन्देहीमा शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधारलगायतका क्षेत्रमा उल्लेख्य काम भएको बताउंदै निर्माणको चरणमा रहेका आयोजना समयमै सम्पन्न गर्न र यस क्षेत्रका नागरीकलाई रोजगारी, व्यवस्थित बसोबास र सम्मानजनक जीवन सुनिश्चित गर्न आफू पुनः मैदानमा आएको बताए ।

    बुटवलबासीलाई स्वच्छ, सफा पानी खुवाउन निमार्ण सुरु गरीएको ‘ड्रिम प्रोजेक्ट’ झुम्सा–बुटवल खानेपानी आयोजना सम्पन्न हुने अवस्थामा पुगेको उनले बताए । कही प्राविधिक समस्याका कारण काम रोकिएको भन्दै उनले अब केही समय भित्रै झुम्साको पानी बुटवलबासीका घरघरमा आइपुग्ने बताए । झुम्साको पानी आइसकेपछि बुटवलमा रहेको खानेपानीको समस्या सधैंका लागि अन्त्य हुने नेता पौडेलले दावी गरे ।

    बजेट अभावका कारण विकास आयोजनाहरु नरोकिने भन्दै उनले अत्यावश्यक सेवामा पर्ने सबैजसो विकासका आयोजनाहरुको बजेट निकासा गर्ने प्रतिबद्धता गरेको बताए । साथै यस क्षेत्रमा रहेको सुकुम्बासी समस्या समाधानका लागि आयोगले काम गरीरहेको बताउँदै उनले आयोगसँग सहकार्य गरी जग्गाधनी पुर्जा वितरणका लागि पहल गर्ने बताए ।

    यस्तै नेता पौडेलले चुनावी प्रचारप्रसार र परिचालनको कामलाई निरन्तरता दिन कार्यकर्तालाई आग्रहसमेत गरे । यसैगरी पवित्रनगर टोल कमिटीका अध्यक्ष ठाकुरकुुमार विकले टोलमा रहेका समस्याहरु जानकारी गराउँदै सडक, खानेपानीको ओभरहेड ट्यांकी, आमा समूह र टोल विकास संस्थाको भवन निर्माणका लागि पहल गरीदिन आग्रह गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, माघ २६ २०८२१२:२२:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology