Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

हाड जोर्नी समस्या सम्वन्धी स्वास्थ्य सम्बाद सम्पन्न

हाड जोर्नी समस्या सम्वन्धी स्वास्थ्य सम्बाद सम्पन्न

  • 3.7K
    SHARES

  • हाड जोर्नी समस्या सम्वन्धी स्वास्थ्य सम्बाद सम्पन्न

    काठमाण्डौ,माघ  २४ ।

    काठमाण्डौमा हाडजोर्नी समस्या एवं समाधान सम्वन्धी स्वास्थ्य संवाद् कार्यक्रम सम्पन्न भएको छ । 

    हाडजोर्नी स्मस्या बाट  पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन सिकार हुँदै गएको भारतका प्रतिष्ठित ,सिनियर हाडजोर्नी  विशेषज्ञ डा.ईस्वर बेहोरा ले बताउनुभयो । 

    तर, समयमै उपचार पाउन सके यो रोग अपरेसन बिना पनी समाधान हुने डा. बोहोरा को भनाई छ । समयमा उपचार हुन नसक्दा यस समस्या ले  जटिल समस्या निम्त्याउने उनको भनाई छ । 

    ‎‎सिएफसी हेल्थ सोलुसन प्रा.लि ले  आयोजना गरेको स्वास्थ्य संवाद् कार्यक्रममा भारतको न्यू दिल्ली स्थित बि एल के -  मैक्स हस्पिटलका निर्देशक समेत रहेका डा.  ईश्वर बोहोरा संग काठमाण्डौ का चिकित्सक,उद्यमी, व्यवसायी, प्रध्यापक, कानून व्यवसायी, सामाजिक अगुवा, महिला र विभिन्न संघ संस्थाका व्यक्तिहरुसंग अन्तरसंवाद कार्यक्रम गरिएको थियो  । 

    ‎बहुसंख्यक नागरिकहरुले आफूलाई हाड जोर्नी सम्वन्धी समस्या भए पछी  उपचार गराउने नेपाल पछिको अर्को मुलुक भारत भएकाले यहाँका नागरिकहरुसंग संवाद् कार्यक्रम गरिएको सिएफसी हेल्थ सोलुसन प्रा.लि संचालक एलपी पाण्डेले जानकारी दिनुभयो। 

    ‎पाण्डेका अनुसार भारतका बिभीन्न  अस्पतालहरुसंगको सहकार्यमा नागरिकहरुको उपचारमा सहजीकरण गरिदै आएको छ । भारतको अपोलो अस्पताल, बीएलके म्याक्स सुपर स्पेशालिटी अस्पताल, म्याक्स सुपर स्पेशालिटी अस्पताल, मेदान्त अस्पताल, एमजीएम हेल्थ केयर, मणिपाल, फोर्टिस अस्पताल समूह, आर्टेमिस, नारायण हेल्थ, यशोदा, किम्स, वेङ्कटेश्वर र यथार्थ अस्पतालको सहकार्यमा नेपालका नागरिकहरुको उपचारमा सहजीकरण गरिएको पाण्डेले बताउनु भयो । 

    ‎अन्तर संवाद कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले आफूलाई लागेका जिज्ञासा राख्नुका साथै रोग लागेपछिको समस्या, कारण र समाधानका उपायहरुका विषयमा बृहत छलफल भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, माघ २६ २०८२११:३७:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology