बुटवल,माघ २३ ।
तिलोत्तमा जेसिजको १४ औ पदस्थापना दिवसको अवसरमा दुई जना व्यक्तिलाई सम्मान गरिएको छ ।
ड्राईभरटोलमा आयोजना गरिएको कार्यक्रममा बरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजीष्ट तथा हेपाटोलोजीष्टि डा. मोहन भुसाल लाई सम्मान गरिएको हो । ग्यास्ट्रो सेन्टर बुटवलमा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिस्टको रुपमा कार्यरत रहेका भुषालले राजधानी बाहिर अत्याधुनिक सेवाहरू उपलब्ध गराउँदै आएका छन् ।
यस्तै सोही कार्यक्रममा सर्पदंश उपचारमा लामो समय देखि सक्रिय रहेका विशाल पाण्डेलाई पनि सम्मान गरिएको हो ।
तिलोत्तमा जेसिजका अध्यक्ष सिनेटर प्रकाश न्यौपाने, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्की, पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल, नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष नवराज उपाध्यायले डा. भुसाल र पाण्डेलाई संयुक्त रुपमा सम्मान गरेका हुन ।
कार्यक्रममा बोल्दै नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्की बोल्दै तिलोत्तमा जेसिजले लामो समय देखि सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताएका थिए । उनले सामाजिक उत्तरदायित्व सहितको समाजवेवामा जेसिजको भुमिका महत्वपूर्ण भएको बताएका थिए ।
सोही कार्यक्रममा बर्ष २५ का अध्यक्ष प्रकाश न्यौपानेले बर्ष २६ का अध्यक्ष रामु रोकालाई पद हस्तान्तरण समेत गरेका थिए । कार्यक्रममा बोल्दै रोकाले आफ्नो कार्यकाल सफल बनाउने प्रतिवद्धता समेत जनाएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)