Logo बिहिवार, आश्विन १ गते २०८३
images

देशभर ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,सक्रिय संक्रमित १९५९ जना

देशभर ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,सक्रिय संक्रमित १९५९ जना

  • 2.9K
    SHARES

  • देशभर ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,सक्रिय संक्रमित १९५९ जना

    बुटवल,माघ २४- 

    पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार थप संक्रमित सयभन्दा कम रहेका छन् । यसअघि लामो समयसम्म दैनिक सयभन्दा बढी संक्रमित थपिँदै आएका थिए ।

    नेपालमा हालसम्म कूल संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ६७ हजार ८१२ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २४८ जना निको भएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९५९ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology