Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

मणिग्रामको न्यू ईन्भारमेन्ट माविले मनायो ३२ औं बार्षिकोत्सव

मणिग्रामको न्यू ईन्भारमेन्ट माविले मनायो ३२ औं बार्षिकोत्सव

  • 1.7K
    SHARES

  • मणिग्रामको न्यू ईन्भारमेन्ट माविले मनायो ३२ औं बार्षिकोत्सव

    बुटवल,माघ २० ।

    रुपन्देहीको मणिग्रामस्थित न्यू ईन्भारमेन्ट माध्यामिक विद्यालयले विविध कार्यक्रम गरी ३२ औं बार्षिकोत्सव मनाएको छ । एघार दिनसम्म विविध कार्यक्रम गरी विद्यालयले बार्षिकोत्सव मनाएको हो ।att.JIs4jjJdPABZe8ty7lil_sMPl-X4e29zbtZ53GMZ-n4.dat.jpeg
    गत माघ ९ गतेदेखि २० गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम गरी उत्सव मनाइएको विद्यायलका प्रधानाध्यापक मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो । att.PBTjT0QI8WMKO7m-RQL0nvPypXw7mUzjJXU1pX5Grn4.dat.jpegयसअवधिमा खेलकुँद, खाना महोत्सव, रक्तदान, सिकाई मेला, साँस्कृतक कार्यक्रम, पुस्तक बिमोचन, कला प्रदर्शनी, कराँते प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिएको ज्ञवालीले बताउनुभयो ।
    मंगलबार आयोजना गरिएको मूल समारोहमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिका अब शैक्षिक हबका रुपमा विकसित भइरहेको उल्लेख गर्नुभयो । IMG_4605.jpegउहाँले सामुदायिक विद्यालय र संस्थागत विद्यालयको शिक्षा क्षेत्रको योगदान प्रशंसा गर्न लाएको भएको पनि उल्लेख गर्नुभयो । शिक्षाको गुणस्तर विकासको लागि राज्यले ध्यान दिनुपर्ने भन्दै बैज्ञानिक र ब्यवहारमा लागु हुने शिक्षा नीति अहिलेको आवश्यकता भएको उहाँले चर्चा गर्नुभयो ।

    नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक उन्नतिका लागि सहकार्य गर्न नगरपालिका सधै तयार रहेको उहाँको भनाई छ ।
    कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल बनले विद्यालयको शैक्षिक प्रगतिबारे चर्चा गर्नुभयो ।

    कार्यक्रममा प्याब्सन केन्द्रीय सचिवालय सदस्य खेमेन्द्र राना, तिलोत्तमा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रे लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, माघ २० २०८२०७:०९:००

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology