Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविमा सांस्कृतिक कार्यक्रम सम्पन्न

न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविमा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • 777
    SHARES

  • न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविमा सांस्कृतिक कार्यक्रम सम्पन्न

    बुटवल,माघ १८ ।

    तिलोत्तमा वडा नं. ५ स्थित न्यू इन्भाइरन्मन्ट अंग्रेजी माविमा सांस्कृतिक कार्यक्रम भएको छ । ३२ औं वार्षिकोत्सवको अवसरमा विद्यालयले कक्षा २ देखि १० सम्मका विद्यार्थीको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

    कक्षा २ देखि कक्षा ५ सम्मका विद्यार्थीको सहभागितामा आयोजित सांस्कृतिक कार्यक्रम विद्यार्थी अष्सन अर्यालको अध्यक्षता, प्रास्ना घिमिरेको सञ्चालन तथा विविशा काफ्लेको स्वागतमा भएको थियो । यस्तै कक्षा ६ देखि १० सम्मको सांस्कृतिक कार्यक्रम बाल क्लवकी अध्यक्ष तृप्ति थापा मगरको अध्यक्षता, प्रान्जु अर्यालको सञ्चालन तथा करिश्मा न्यौपानेको स्वागतमा भएको हो ।

    कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक हरिप्रसाद न्यौपाने, प्रचार्य मधुप्रकाश ज्ञवाली, सहप्राचार्यद्धय ध्रुव खरेल, पदम बहादुर राना लगायतको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, माघ १८ २०८२०९:०३:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology