बुटवल,माघ १८ ।
गुल्मी मालिका गाउँपालिका ४ अखर्वाङ्ग रुपन्देही सम्पर्क समाजको अध्यक्षमा उमेश रेग्मी चयन भएका छन् ।
शनिवार सम्पन्न सम्पर्क समाजको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट रेग्मीको नेतृत्वका नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर अर्याल निर्वाचन समिति संयोजक लालप्रसाद अर्यालले बताए । यस्तै सचिवमा दिपक अर्याल, सहसचिवमा वेदराज अर्याल, कोषाध्यक्षमा सागर अर्याल र लेखा संयोजकमा विक्रम अर्याल चयन भएका छन् ।
सम्पर्क समाजको सदस्यमा केशवराज रेग्मी, राधा लम्साल अर्याल, संगिता पौडेल, सिता थापा अर्याल, दिपक अर्याल र अनिल अर्याल चयन भएको निर्वाचन समितिका संयोजक लालप्रसाद अर्यालले बताए ।
सम्पर्क समाजको अध्यक्ष चयन भएका उमेश रेग्मीले सम्पर्क समाजलाई अझ व्यस्थित गराउँदै सामाजिक कार्यमा सक्रिय गराउने प्रतिबद्धता व्यक्त गरे ।
२०७० सालमा स्थापना भएको सम्पर्क समाज सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएको छ । सम्पर्क समाजले अर्खवाङ्गलाई एम्बुलेन्स प्रदान गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका समाजका सदस्यहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।
सम्पर्क समाजमा अहिले ३७ जना आजीवन सदस्य, १ जना मानार्थ सदस्य र ८१ जना साधारण सदस्य रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)