बुटवल,माघ १८ ।
गुल्मीको मदाने गाउँपालिका–६ नुवार घर भएका प्रहरी सहायक हवल्दार सुरेश कुँवर दुई सुरक्षा संगठनबीचकोसद्भाव, समन्वय र साझा राष्ट्रसेवाको उदाहरण बनेका छन्।
प्रारम्भदेखि नै राष्ट्रसेवाको सपना बोकेका कुँवरले २०७० साल भदौ ७ गते महेश्वरी बाहिनी बाङ्गेसिमल, सुर्खेतबाट सशस्त्र प्रहरी बल नेपालमा सेवा प्रवेशका लागि आवेदन दिएका थिए। तर भर्ना छनोट प्रक्रियामै उनीअसफल भए।
सपना पूरा नभए पनि राष्ट्रप्रतिको जिम्मेवारी र सेवाभाव भने कमजोर बनेन। सशस्त्र प्रहरी बलमा प्रवेश गर्ननपाएपछि उनले २०७० साल असोज १५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरे। त्यसयता उनले विभिन्न जिल्लामाइमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठाका साथ सेवा प्रदान गर्दै आएका छन्। हाल उनी काठमाडौं उपत्यका प्रहरीकार्यालय, रानीपोखरीमा कार्यरत छन्।
नेपाल प्रहरीमा कार्यरत रहे पनि सुरक्षा संयन्त्रको उद्देश्य एउटै हुने विश्वासका साथ कुँवरले सशस्त्र प्रहरी बलजस्तानिकायहरूसँग सधैं सुमधुर सम्बन्ध र प्रभावकारी समन्वय कायम गर्दै आए।
यही योगदानको कदरस्वरूप सशस्त्रप्रहरी बल नेपालले आफ्नो २५औँ रजत महोत्सवको अवसरमा प्रधान कार्यालय हलचोकमा आयोजितप्रभातकालीन समारोहमा उनलाई आइजी एपिएफ कोमेण्डेशन सम्मान प्रदान गरेको हो।
सम्मान सशस्त्र प्रहरीबलका महानिरीक्षक राजु अर्यालको हातबाट प्रदान गरिएको थियो।
नेपाल प्रहरीको तल्लो दर्जामा कार्यरत कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपालबाट यस प्रकारको सम्मान प्रदान हुनुदुर्लभ मानिन्छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)