बुटवल, माघ १४ ।
विशेष महाधिवेशनमा विशेष भएर उभिएका हिमाल
नेविसंघ बाट पार्टीको राजनीतिमा आएका हिमाल पार्टीका नेताहरु प्रायः सँग नजिकको सम्बन्ध राखेका व्यक्ती हुन् ।
गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र सुशील कोइराला जस्ता शिखर पुरुषहरूको सामीप्यमा रहेर राजनीति सिकेका श्रेष्ठमा ती नेताहरूको निष्ठा र सरलताको प्रभाव छ ।
तत्कालिन कांग्रेसका वरिष्ठ नेता अर्थात् अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलको लागि उनी कुनै समयमा किचन क्याबिनेट जस्तै थिए ।
गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहका पनि उनी उत्तिकै प्रिय व्यक्ती हुन् । तर जेनजी आन्दोलनको मर्मलाई बुझ्दै समयको मागलाई चिन्दै पार्टी फुट्न नदिने प्रणका साथ विशेष महाधिवेशनको पक्षमा खुलेर उभिए ।
पाल्पा बाट विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधीहरुको दर्बिलो उपस्थिति गराए । अन्ततः विशेष महाधिवेशन सफल भयो । उनले समयलाई चिनेको पनि यो ताजा उदाहरण हो ।
प्रतिनिधि सभा सदस्य उम्मेदवारी : २०८२ को निर्णायक राजनीतिक कदम
वि.सं. २०८२ सालमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुन २१ गते तय भएको चुनावमा पाल्पा क्षेत्र नं. २ बाट हिमाल दत्त श्रेष्ठको उम्मेदवारी बलियो, अर्थपूर्ण र संगठनात्मक रूपमा सुदृढ रहेको राजनीतिज्ञको विश्लेषण रहेको छ ।
तीन दशक भन्दा लामो राजनीतिक अनुभव, विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्मको निरन्तर सक्रियता र कार्यकर्तासँगको गहिरो सम्बन्धका कारण उनको उम्मेदवारीलाई कांग्रेसभित्र मात्र नभई जिल्लाभरि नै प्रतिस्पर्धी र गम्भीर रूपमा लिइएको छ ।
यो उम्मेदवारी कुनै आकस्मिक निर्णय होइन, लामो समयदेखि पार्टी संगठन, आन्दोलन र जनसम्पर्कमार्फत आर्जित राजनीतिक पूँजीको परिणाम हो ।
संगठनलाई प्राथमिकतामा राख्दै, गुटगत राजनीतिभन्दा माथि उठेर सबैलाई समेट्ने उनको शैलीले उनलाई २०८२ को निर्वाचनमा भविष्यप्रति भरोसा गर्न सकिने जिम्मेवार नेतृत्वका रूपमा स्थापित गरेको छ । उनले आफू मित्रवत प्रतिस्पर्धा र आर्थिक मित्यव्ययिताका साथ निर्वाचनमा होमिने प्रण गर्दै अरुलाई पनि मित्रवत प्रतिस्पर्धाका लागि अनुरोध गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)