Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलका दुई व्यवसायीद्वारा आश्रममा न्यानो कपडा वितरण

बुटवलका दुई व्यवसायीद्वारा आश्रममा न्यानो कपडा वितरण

  • 954
    SHARES

  • बुटवलका दुई व्यवसायीद्वारा आश्रममा न्यानो कपडा वितरण

    बुटवल,४ माघ ।  

    बुटवल – ११ नहरपुरमा रहेको जिपी निर्माण सेवाका सञ्चालक  तथा परियार सेवा समाज रुपन्देहीका सहकोषाध्यक्ष युवा समाजसेवी लिला बागदासले  बुटवल – ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा  न्यानो कपडा स्वीटर वितरण गरेका छन् ।
    बागदासले आफ्नो बुबा  स्वर्गीय उदयवीर बागदासको स्मृतिमा उनकी आमा पुतली बागदासलगायतको सपरिवारबाट सहभागी भई आश्रममा रहेका  ४५ जना व्यक्तिलाई  करिब २५ हजार बराबरको जाडोको कपडा स्वीटर आश्रमका अध्यक्ष डोल बहादुर रामदामलाई हस्तान्तरण गरेका हुन् ।

    बागदासले यस अघि पनि पर्वतमा अपाङ्ग व्यक्तिलाई  १० हजार र सुर्खेतमा किड्नीका बिरामीलाई ५ हजार १ सय रुपैयाँ सहयोग गरेका थिए ।  बागदास सानै उमेरदेखि सामाजिक सेवामा निकै सर्मपित हुँदै आएका छन् ।
    त्यस्तैगरी बुटवल – ११ तिनकुनेमा रहेको न्यू सगरमाथा सर्टिङ्ग सुर्टिङ्ग एण्ड टेलरिङ शपका सञ्चालक एवम् व्यवसायी सिताराम रणपालले समेत आफ्ना स्वर्गीय बुबा खडक बहादुर रणपालको स्मृतिमा नेपाल अपाङ्ग आश्रममा करिब १५ हजार बराबरको एक सेट कम्बोट हस्तान्तरण गरेका छन् ।  

    उनले यस अघि  पश्चिम पाल्पाको  रैनादेवी मन्दिरलाई १६ हजार, छहराको बोखहरडाडाको मन्दिरलाई ५ हजार १ सय र दाडमा र्मिगौला पीडितलाई ५ हजार १ सय सहयोग गरेर मानवीय सेवामा प्रशंसनीय काम गर्दै आएका छन् ।  

    रणपालले व्यवसायको  केही रकम सामाजिक कार्यमा लगाउँदा  व्यक्तिको जीवनको रक्षा हुनुका साथै मानवीय सेवा हुने भएकाले यो कार्यमा निरन्तरता दिदै आएको बताए ।
    उक्त हस्तान्तरण कार्यक्रममा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले बोल्दै मानवीय सहयोग नै ठूलो धर्म भएकोले पूण्य आर्जन गर्न कोही पनि मन्दिर धाउन नपर्ने बताए ।

    उनले सानो सहयोगले अन्य व्यक्तिलाई पनि सहयोग गर्न उत्प्रेरणा मिल्ने बताउँदै उक्त सहयोगको प्रशंसा गरेका छन् ।
    त्यस्तैगरी नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोल बहादुर रामदामले बोल्दै दुवै व्यवसायीहरुले गरेको  सहयोगप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

    उनले आश्रममा पछिल्लो समय सहयोग गर्नेहरुको संख्या कम भइरहेको बेला सहयोगी हातहरु बढ्दै जादा अत्यन्तै खुसी लागेको बताउँदै धन्यवाद व्यक्त गरे ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, माघ ५ २०८२०७:२७:०८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology