Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा तीन दिने खेल महोत्सव समापन

तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा तीन दिने खेल महोत्सव समापन

  • 372
    SHARES

  • तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा तीन दिने खेल महोत्सव समापन

    बुटवल,माघ ४ ।

    बुटवल–११ देवीनगरस्थित तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा तीन दिने खेल महोत्सव सम्पन्न भएको छ । तीनसम्म ६८ वटा खेलमा १ हजार ५०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । आइतबार विजेता खेलाडी विद्यार्थीलाई ४९८ वटा पदक वितरण गरिएको गरिएको थियो ।

    सो अवसरमा बोल्दै विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेले विद्यार्थीलाई सिक्ने सिकाउन विद्यालय हरेक गतिविधि गर्दै आएको बताए । अध्यक्ष पाण्डेले विद्यार्थी, अभिभावक र समाज सबै क्षेत्रको साथ र सहयोगबाट विद्यालय अहिलेको स्थानमा आएको बताए । उनले आगामी दिन विद्यालयलाई झनै राम्रो बनाउँदै लैजाने बताए ।

    विद्यालयकी प्राचार्य सीता पाण्डेले पढाइसँगै विद्यालय अतिरिक्त क्रियालापमा पनि उत्कृष्ट रहेको बताइन । तिनाउ स्कुल समय सापेक्ष शिक्षामा आफूलाई विकास गर्दै अघि बढेको प्राचार्य सीता पाण्डेको भनाइ छ ।

    विद्यालयले गएको एसईईमा परीक्षामा २ जना विद्यार्थी ४ जीपीएससहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो । खेलको सञ्चालन र व्यवस्थापन अतिरिक्त क्रियाकलाप सल्लाहकार अग्निधर पोखरेल र अतिरिक्त क्रियाकलाप संयोजक नवीनरत्न शाक्यले गरेका थिए । विद्यालयमा १ हजार ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology