Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

माघ २४ गते बुटवलमा रोयल इन्फिल्ड बाइक राइड हुने

माघ २४ गते बुटवलमा रोयल इन्फिल्ड बाइक राइड हुने

  • 2.0K
    SHARES

  • माघ २४ गते बुटवलमा रोयल इन्फिल्ड बाइक राइड हुने

    बुटवल,माघ ३ ।

    रोयल इन्फिल्ड गैरे प्रतिष्ठान बुटवलको आयोजनामा माघ २४ गते बुटवलमा रोयल इन्फिल्ड बाइक राइड हुने भएको छ । राइडमा १५१ जना राइडर सहभागी हुनेछन् ।

    बाइक राइडको रुट भने माघ १५देखि २० गते सम्म सार्वजनिक हुने गैरे प्रतिष्ठान बुटवलका एमडी प्रबेशराज गैरेले बताए ।  हालसम्म १४० जना बढीले नाम दर्ता गरिसकेका गैरे प्रतिष्ठान बुटवल शो रूम म्यानेजर नारायणप्रसाद  खनालले जानकारी दिए ।IMG_3563.jpeg

    उक्त राइडमा राइडरहरुको क्लब ह्वील्स अफ लुम्बिनी,बुटवल इन्फिल्डर्स,लुम्बिनी इन्फिल्डर्स,यलो रन्च बुटवल र ब्रदरहुड सैनामैना लगायतका क्लबहरुको सहभागिता रहने गैरे प्रतिष्ठानका लेखा प्रमुख कमल घिमिरेले जानकारी दिए । 
    कार्यक्रमका विषयमा जानकारी दिन राइडर क्लबहरु र गैरे प्रतिष्ठानबीच शनिबार तिलोत्तमामा भेटघाट र छलफल समेत भएको छ । IMG_3559.jpeg
    राइडमा जानु अघि सहभागीहरुलाई ट्राफिक प्रहरीले ट्राफिक नियम पालना लगायतका विषयमा परामर्श दिने छ ।  गैरे प्रतिष्ठान बुटवलका एमडी प्रबेशराज गैरेले यो मेगा इभेन्ट एकदमै अनुशासित र व्यवस्थित हुने, राइड बढीमा साढे दुई घण्टा हुने र त्यसपछि रुपन्देहीका कुनै पांच चारे होटेलमा डिनर पार्टी सहित सहभागी क्लबहरुलाई उपहार वितरण गरेर सांझ ७ बजेभित्र समापन हुने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, माघ ३ २०८२०६:४५:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology