बुटवल,माघ ३ ।
तन्त्र र ज्योतिष सम्बन्धी सम्पूर्ण ज्ञान र जानकारी दिने उद्देश्यसहित रुपन्देहीमा प्रशिक्षणात्मक गोष्ठी सम्पन्न भएको छ ।दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशले रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा तन्त्र एंव ज्योतिष प्रशिक्षणात्मक गोष्ठीको एक समारोहका बिचमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले उद्घाटन गर्नभयो ।
सो अवसरमा बोल्दै ढकालले ज्योतिष बिधामा एकरूपता हुनुपर्ने बताउनुभयो ।
यसको सहि सदुपयोग गरेर जीवन सार्थक बन्न सक्ने उहाको भनाइ छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले सम्पूर्ण संस्कृति, परम्परा, रीतिरिवाजको अपनत्व हुनेगरी समितिले कार्यसम्पादन गरिरहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष,दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रिय एवं अन्तराष्ट्रिय सदस्य तथा कार्यक्रम संयोजक कान्छो ज्योतिष चुडामणि पाण्डेले शास्त्रीय, व्यवहारिक र जिम्मेवार ढंगले ज्योतिष र तन्त्रको सही प्रयोगबारे प्रशिक्षण सञ्चालन गरिएको
बताउनुभयो ।
ज्योतिष र तन्त्रमाथिका विभिन्न प्रश्नहरुको निराकरण गर्ने गरी पहिलो पटक कार्यक्रम आयोजना गरिएको उहाको भनाइ छ ।
उहाले तन्त्र र ज्योषितको आवश्यकता, सामाजिक महत्व र दैनिक जीवनमा आवश्यक तन्त्र सम्बन्धी ज्ञानको लाभ लिएर फर्किएको उहाको भनाइ छ ।
करिब २०० जनाको सहभागिता रहेको सो कार्यक्रममा निःशुल्क सहभागिताको व्यवस्था मिलाइएको थियो । सो अवसरमा तिलोत्तमा नगर उपप्रमुख जागेश्वर देवी चौधरी,नेपाल संस्कृति विश्वविद्यालयका प्रा. डा अर्जुन भटटराईले प्रेम विवाह र सम्बन्धविच्छेदबारे ज्योतिषीय समाधान, अर्का प्रा.डा माधव प्रसाद लामिछानेले नेपाली परिवेशमा तन्त्रको प्रयोग र उपयोगिता, उप प्राध्यापक नारायणप्रसाद भण्डारीले राशीफल लेखनबारे प्रशिक्षण प्रदान गर्नुभयो ।
दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशका महासचिव अनुप पौडेलले ज्योतिषबारेको भ्रम, अर्धज्ञान र अव्यवस्थित प्रयोगका कारण समाजमा नकारात्मक धारणालाई कार्यक्रमले चिरेको दाबि गर्नुभयो ।
ज्योतिष ज्ञानेन्द्र पाण्डेले ज्योतिषमाथिको प्रश्नको निराकरण गर्दै भविश्यवाणीमा एकरुपता ल्याउन गोष्ठी कोशेढुंगा सावित हुने बताउनुभयो ।
सो कार्यक्रममा देशभरबाट २०० भन्दा बढीको सहभागिता रहेको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष गजल पाण्डेको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)