Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रुपन्देहीमा तन्त्र र ज्योतिष सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी हुदै (भिडियो)

रुपन्देहीमा तन्त्र र ज्योतिष सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी हुदै (भिडियो)

  • 1.6K
    SHARES

  • रुपन्देहीमा तन्त्र र ज्योतिष सम्बन्धी  प्रशिक्षणात्मक गोष्ठी हुदै (भिडियो)

    बुटवल, माघ १ ।

    तन्त्र र ज्योषित सम्बन्धी सम्पूर्ण ज्ञान र जानकारी दिने उद्देश्यसहित रुपन्देहीमा प्रशिक्षणात्मक गोष्ठी सञ्चालन हुने भएको छ ।

    दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशले यहीँ माघ ३ गते रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा तन्त्र एंव ज्योषित प्रशिक्षणात्मक गोष्ठी सञ्चालन गर्ने भएको हो ।

    शास्त्रीय, व्यवहारिक र जिम्मेवार ढंगले ज्योतिष र तन्त्रको सही प्रयोगबारे प्रशिक्षण सञ्चालन हुनेछ ।  
    कार्यक्रम संयोजक कान्छो ज्योषित चुडामणि पाण्डेले ज्योषित र तन्त्रमाथिका विभिन्न प्रश्नहरुको निराकरण गर्ने गरी पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताए ।

    उनले तन्त्र र ज्योषितको आवश्यकता, सामाजिक महत्व र दैनिक जीवनमा आवश्यक तन्त्र सम्बन्धी ज्ञानको लाभ लिन सबैलाई आग्रह गरे । कार्यक्रममा निःशुल्क सहभागिताको व्यवस्था मिलाइएको छ ।

    दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेशका महासचिव अनुप पौडेलले ज्योतिषबारेको भ्रम, अर्धज्ञान र अव्यवस्थित प्रयोगका कारण समाजमा नकारात्मक धारणालाई कार्यक्रमले चिर्ने बताए । 
    सो अवसरमा नेपाल संस्कृति विश्वविद्यालयका प्रा. डा अर्जुन भटटराईले प्रेम विवाह र सम्बन्धविच्छेदबारे ज्योतिषीय समाधान, अर्का प्रा.डा माधव प्रसाद लामिछानेले नेपाली परिवेशमा तन्त्रको प्रयोग र उपयोगिता, प्राध्यापक नारायणप्रसाद भण्डारीले राशीफल लेखनबारे प्रशिक्षण प्रदान गर्नेछन ।

    ज्योषित ज्ञानेन्द्र पन्थीले ज्योतिषमाथिको प्रश्नको निराकरण गर्दै भविश्यवाणीमा एकरुपता ल्याउन गोष्ठी कोशेढुंगा सावित हुने बताए । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले उद्घाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा ५०० भन्दा बढीको सहभागिता रहने अध्यक्ष गजल  पाण्डेको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, माघ १ २०८२०८:२८:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology