बुटवल,पुस ३० ।
रूपन्देही जिल्ला बुटवल ११ देवीनगर स्थित तिनाउ इङ्लिस बोर्डिङ स्कुलले यही मिति २०८२ पौष २६ गते पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नम्बर ६ मा बसोबास गरिरहेका माझी समुदायका अति विपन्न ४८ घर परिवारलाई राहत सामग्री वितरण गरेको छ।
विद्यालयको तर्फबाट संयोजक नारायण पोख्रेलको नेतृत्वमा शर्मिला ज्ञवाली, सुस्मिता आचार्य, भुवन अधिकारी र प्रकृति बलामी मगर सहितको टोलीले उक्त समुदायलाई ४ दर्जन न्यानो ब्ल्याङ्केट, करिब ५ क्विन्टल चिउरा, बिस्कुट लगायत खाद्यान्न सामग्री वितरण गरेको छ।
उक्त कार्यमा समन्वयकारी भूमिका खेल्नुहुने सोही गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारी एवं सामाजिक व्यक्तित्व मनोज घिमिरे लगायतले बोलेका थिए ।
यसअघि पनि यस संस्थाले नवलपरासी, कपिलवस्तु, पाल्पा जिल्लाका थुप्रै अनाथ आश्रम तथा शारीरिक रूपले अशक्त एवं असहायहरूलाई राहत वितरण कार्यक्रम गर्दै आएको छ।
यस्तै सेवा कार्य गर्नका लागि विद्यालयका शिक्षकहरूले दीपावलीको अवसरमा भैलो कार्यक्रमबाट आर्थिक सङ्कलन समेत गर्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)