Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

देवचुलीका २७ सामुदायिक बिद्यालयको टोली कालिका मानवज्ञानको अध्ययन अवलोकनमा

देवचुलीका २७ सामुदायिक बिद्यालयको टोली कालिका मानवज्ञानको अध्ययन अवलोकनमा

  • 2.5K
    SHARES

  • देवचुलीका २७ सामुदायिक बिद्यालयको टोली  कालिका मानवज्ञानको अध्ययन अवलोकनमा

    बुटवल, पुस २९ ।

    पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेका २७ सामुदायिक बिद्यालयको टोलीले बुटवलको कालिका मानवज्ञान माबिको अध्ययन अवलोकन गरेको  छ ।

    देशकै नमुना बुटवलको कालिका मानवज्ञान माबिको असल अभ्यास तथा अन्य शैक्षिक कृयाकलापहरु एक आपसमा साटासाट गरेर शैक्षिक गुणस्तर बृद्धिका लागि कार्यक्रम आयोजना गरिएको नवनेपाल आधारभूत विद्यालयका अध्यक्ष केशवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।IMG_3276.jpeg .

    विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि साथै जिल्ला शिक्षा समिति सदस्यको २१ जनाको टोलीले कालिका मानवज्ञानको भौतिक तथा शैक्षिक अवस्थाको अध्ययन अवलोकन गरेको हो  । टोलीलाइ  कालिका मानवज्ञान माबिले स्वागतगर्दै बिद्यालयको सबै गतिबिधिको बारेमा जानकारी गराएको छ ।IMG_3275.jpeg

    टोलीमा सहभागि नवलपरासी जिल्ला शिक्षा समिति सदस्यका नरदेव न्यौपाने , देवचुली नगरपालिका शिक्षा शाखा अधिकृत देवराज काफ्ले,नवनेपाल आधारभूत विद्यालयका अध्यक्ष केशवप्रसाद भट्टराइ ,भुमिलाल लामिछाने लगायतले बोल्दै सिकाइ अभ्यास अनुकरणीय रहेको बताए ।

    उनीहरुले बुटवल र नवलपरासीका धेरै कयाकलापहरुबिचमा तालमेल रहेको धारणा राखेका थिए । सो अवसरमा देवचुली नगरपालिकामा रहेका २७ सामुदायिक बिद्यालयका बिचमा मासिक घुम्ति बैठक बसेर अभ्यासहरु साटासाट गरेर शैक्षिक गुणस्तर बृद्धका लागि काम गरेको बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, पौष २९ २०८२०६:५६:४२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology