बुटवल,पुस २९ ।
बाग्लुङ बाटकाचौर रूपन्देही सम्पर्क समाजले जेष्ठ नागरिक सम्मान गरेको छ । बुटवलमा एक बनभोज कार्यक्रम गरि ९२ जना जेष्ठ नागरिकहरूलाइ सम्मान गरेको अध्यक्ष बिबि पौडेलले जानकारी दिनुभयो ।
देविदत्त सुवेदिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दिनभर कलाकारहरूले प्रस्तुति दिएका थिए भने सहभागि करिब २४० जना ले नाचगानसहित रमाइलो गरेका थिए ।
अध्यक्ष विवि पौडेलको नेतृत्वले रूपन्देहीमा समाजले सामाजिक काम,रचनात्मक काम गरेको देविदत्त सुवेदीले बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि हरि सुवेदी,क्या तेजबहादुर क्षेत्री,क्या अमरबहादुर खत्री,शिवलाल पौडेल,सचिव लक्ष्मण सुवेदी ,संयोजक गणेश खत्री लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)