Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस सभापति देउवाले आजै महामन्त्रीहरूसँग वार्ता गर्ने

कांग्रेस सभापति देउवाले आजै महामन्त्रीहरूसँग वार्ता गर्ने

  • 819
    SHARES

  • कांग्रेस सभापति देउवाले आजै महामन्त्रीहरूसँग वार्ता गर्ने

    काठमाडौँ,पुस २८ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् ।

    आफूनिकट नेताहरूसँग सोमबार निवासमै भएको छलफलमा देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग आजै छलफल गर्ने जानकारी दिएका हुन् ।

    देउवा निवासबाट बाहिरिने क्रममा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले महामन्त्रीसँग छलफल गर्ने तयारी गरेको जानकारी दिए ।

    सभापतिज्यूले आजै महामन्त्रीहरूसँग वार्ता गर्नुहुनेछ विश्वकर्माले भने । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई नेतृत्वले लत्याएपछि गगन-विश्वको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशन भइरहेको छ ।

    १४औं महाधिवेशनका बहुमत प्रतिनिधिले महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल गरिरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology