Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस विशेष महाधिवेशन : अहिलेसम्म ४९.३४ प्रतिशत बढीले गरिसके हस्ताक्षर

कांग्रेस विशेष महाधिवेशन : अहिलेसम्म ४९.३४ प्रतिशत बढीले गरिसके हस्ताक्षर

  • 717
    SHARES

  • कांग्रेस विशेष महाधिवेशन : अहिलेसम्म ४९.३४ प्रतिशत बढीले गरिसके हस्ताक्षर

    काठमाडौँ,पुस २७ ।

    नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको बताइएको छ ।

    विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेन गरिसकेको जानकारी दिए । कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि  छन् । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए ।congress-special-general-assam-82-9-27pppqq (9).jpg

    तीन महिनाअघि उनीहरूले मागेको विशेष महाधिवेशनलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । सोहीअनुसार आज भृकुटीमण्डपमा उद्घान सत्र जारी छ ।

    उद्घाटन सत्र पार्टीका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ । महाधिवेशन भोलिसम्म चल्ने छ ।

    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा शुरू (फोटोफिचर)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology