Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

जनता आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

जनता आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

  • 1.5K
    SHARES

  • जनता आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

    बुटवल,पुस २७ ।

    जहाँ दुःख्छ, त्यहाँ पहिलो पाइला पुग्छ,भन्ने मूल नाराका साथ निरन्तर सामाजिक सेवामा लम्किरहेको पहिलो पाइला नेपाल, बुटवल शाखाले सन्धिखर्क–८, नेपालीचौरमा अवस्थित जनता आधारभूत विद्यालय मा अध्ययनरत ८२ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।

    संस्थाको न्यानो माया अभियान अन्तर्गत सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय विद्यार्थीहरूलाई ट्र्याकसूट, टोपी, मोजा र रुमाल वितरण गरिएको हो।IMG_3166.jpeg

    उक्त न्यानो कपडा वितरण कार्यक्रम संस्थाकी अध्यक्ष गोमा भट्टराई को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ रहनुभएको थियो भने विशिष्ट अतिथिमा वडाअध्यक्ष हुमप्रसाद बन्जाडे, भूमिकास्थान नगरपालिकाका उप–प्रमुख बालकृष्ण बन्जाडे, संस्थाका निवर्तमान अध्यक्ष सन्तोष बन्जाडे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पोखरेल, प्रधानाध्यापक गीता बेल्बास र पत्रकार गोपालप्रसाद भट्टराई लगायतको गरिमामय उपस्थिति रहेको थियो। सचिव रुद्र खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष गौरव खनाल ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने उपस्थित अतिथिहरूले आ–आफ्नो धारणा राख्दै कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनु भएको थियो। उक्त कार्यक्रमको संयोजक कार्यसमिति सदस्य श्री सोमनाथ खनाल हुनुहुन्थ्यो भने संस्थाका सह–कोषाध्यक्ष विकास पौडेल ले धन्यवाद मन्तव्य दिनुभएको थियो।

    यस अभियानका लागि संस्थाका सदस्य तथा गुल्मी घर भई हाल दक्षिण कोरियामा कार्यरत अर्जुन भण्डारी ले आफ्नो जन्मोत्सवको अवसरमा प्रदान गर्नुभएको आर्थिक सहयोगबाट विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो।

    सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै अगाडि बढिरहेको यस अभियानले विद्यार्थीहरूको अनुहारमा मुस्कान ल्याउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, पौष २७ २०८२०१:१७:५५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology