Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

भद्रकाली मन्दिरको साधारण सभा

भद्रकाली मन्दिरको साधारण सभा

  • 714
    SHARES

  • भद्रकाली मन्दिरको साधारण सभा
    तिलोत्तमा,पुस २६।
    तिलोत्तमा ८ मा रहेको श्री भद्रकाली दुर्गा मन्दिर संरक्षण संस्थाको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।  वि.स.२०२१ सालमा स्थापित भद्रकाली मन्दिरको विकास र धार्मिक गतिविधि सञ्चालनको लागि गठन भएको संस्थामा ३८ जना आजीवन सदस्य र १९० जना साधारण सदस्य रहेका छन् । मन्दिरमा नित्य पूजा गर्नको लागि विभिन्न व्यक्तिहरूले ४ वटा अक्षयकोष स्थापना गरेका छन्।
     
    साधारण सभाका प्रमुख अतिथि तथा वार्ड नम्बर ८ का वार्ड अध्यक्ष कृष्ण प्रसाद पौडेलले मठ मन्दिरहरु समाजमा धर्म र संस्कृतिको जगेर्ना गर्न मात्र नभएर समाजमा सदभाव र एकता कायम राख्दै सभ्य समाजको निर्माणमा समेत सदियौंदेखि महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै तिलोत्तमा नगरपालिकाले पुराना मन्दिरहरूको संरक्षणमा निरन्तर सहयोग गर्ने बताए।
    उनले आफ्नो ठाउँमा रहेका सार्वजनिक स्थल र सम्पदा जोगाउन समुदाय नै बढी अग्रसर हुनुपर्ने कुरामा जोड दिए ।साधारण सभामा संस्थाका अध्यक्ष खेमराज भण्डारीले मन्दिरको आयव्यय र संपादित कार्यहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    उनले प्रदेश सरकारको सहयोगमा मन्दिर संरक्षणका कामहरू भइरहेको र यसै आर्थिक वर्षमा नयाँ मन्दिर र सभाहल निर्माण गर्ने काममा तिनै तहका सरकारको आर्थिक र भौतिक सहयोगको अपेक्षा राखेको बताए ।कार्यक्रममा मन्दिर संरक्षण संस्थाका कोषाध्यक्ष गङ्गाराम पाण्डे, ज्योति शान्ति टोल विकास संस्थाका अध्यक्ष घनश्याम न्यौपाने, परोपकार आमा समूहकी अध्यक्ष हिरा ढकाल, कृष्ण कँडेल लगायतले मन्तव्य राखेका थिए।
    साधारण सभाको सञ्चालन डिल्ली भण्डारीले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology