बुटवल,पुस २६ ।
बुटवल – ७ शिवनगरस्थित आवर पीसल्याण्ड एकेडेमीले खेल महोत्सवको उद्घाटन तथा विभिन्न खेलहरु सम्पन्न गरेको छ ।
आफ्नो विद्यालय अवस्थित टोल समितिका अध्यक्ष मीन बहादुर राना तथा अन्य पदाधिकारिको समुपस्थितिमा खेल महोत्सवको उद्घाटन समारोह तथा विभिन्न खेलहरु सम्पन्न गरेको हो ।
यही पौष २५ गते विहान भएको उद्घाटन सत्रमा विद्यार्थीहरुद्वारा नृत्य प्रदर्शन, विद्यालयको ब्यानर सहितको ब्यालुन उडाएर उद्घाटन तथा स्काउट द्वारा मार्च पास कार्यक्रम गरिएको थियो ।
उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै विद्यालयका अध्यक्ष कुलानन्द पाण्डेले विद्यालयले उत्कृष्ट शैक्षिक गतिविधिका साथ विभिन्नअतिरिक्त क्रियाकलापमा समेत प्राथमिकताका साथ विद्यार्थीहरुलाई संलग्न गराउँदै आएको र हरेक बर्ष भव्य रुपमा खेल महोत्सव आयोजना गर्ने परम्परा रहेको बताउनुभयो ।

“स्वस्थ्य शरीरमा नै स्वस्थ्य मतिष्कको विकास हुन्छ” भन्ने मूल नाराका साथ आयोजित उक्त खेल महोत्सवको पहिलो दिन प्ले ग्रुप र नर्सरी तर्फ हट पोटाटो, कप टावर र ब्यालुन रेस तथा एलकेजी र युकेजी तर्फ इन एण्ड आउट, ब्यालुन रेस, हट पोटाटो र कप टावर सम्पन्न भए भने कक्षा १ र २ अन्तर्गत इन एण्ड आउट, हट पोटाटो, ब्यालुन जम्प रेस र म्याथ रेस सम्पन्न भएका छन् ।
कक्षा ३ देखि ६ सम्म ब्यालेन्सिङ्ग स्ट्र एण्ड कप रेस, डग एण्ड बोन, लक्की सर्कल र ब्यालुन जम्प रेस तथा कक्षा ७ देखि ९ सम्म अन्तर सदनात्मक भलिवल, क्रिकेट, ब्याडमिन्टन, डग एण्ड बोन प्रतियोगिता तथा एथलेटिक्स तर्फ सटपुट तथा विभिन्न प्रकारका रेसहरु सम्पन्न भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)