Logo बिहिवार, आश्विन १ गते २०८३
images

चन्द्र भण्डारी र सुनिल शर्मा पनि पुगे भृकुटीमण्डप

चन्द्र भण्डारी र सुनिल शर्मा पनि पुगे भृकुटीमण्डप

  • 591
    SHARES

  • चन्द्र भण्डारी र  सुनिल शर्मा पनि पुगे भृकुटीमण्डप

    काठमाडौं,पुस २५ ।

    नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपमा मञ्चलगायत निर्माण भइरहेको छ।महाधिवेशन तयारी अवलोकन गर्न महामन्त्री विश्वप्रकाश शर्मा आज दिउँसो भृकुटीमण्डप पुगेका हुन्।

    सोही बेला केन्द्रीय सदस्य चन्द्र भण्डारी र निवर्तमान सांसद सुनिल शर्मा पनि भृकुटीमण्डप पुगेका छन्। उनीहरू दुवै नेता शेखर कोइरालानिकट हुन्। कोइराला भने अहिलेसम्म विशेष महाधिवेशनका पक्षमा खुलेका छैनन्।

    महामन्त्री शर्माले पत्रकारहरूसँग कुराकानी गर्दै विधानअनुसार विशेष महाधिवेशन आह्वान गरिएको र विशेष महाधिवेशन हुने बताए। 

    उनले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताए। ‘पार्टी विभाजन होला कि भन्ने भ्रम नराख्नुस्, विशेष महाधिवेशनले कांग्रेसलाई झन् एकताबद्ध गर्छ,’ शर्माले भने।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology