Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

ड्युटीमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

ड्युटीमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

  • 2.5K
    SHARES

  • ड्युटीमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

    बुटवल,पुस २१ ।

    कारको ठक्करबाट बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको मृत्यु भएको छ । 

    पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च ००७७ नम्बरको कारले बुटवल रामनगरस्थित पूर्व-पश्चिम राजमार्गको धागो कारखानानजिकै चेकजाँच खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

    तीव्र गतिमा आएको कारले नियमित चेकजाँचमा खटिएका दुई ट्राफिक प्रहरीमध्ये पाललाई मध्य सडकमै ठक्कर दिएको हो । तत्कालै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्कसले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताए ।

    घटनापछि चालक रेसुंगा नगरपालिका–२ तम्घास गुल्मीका ५६ वर्षीय जितेन्द्रसिंह थापा र गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    घटना कारको तीव्र गतिका कारण भएको र थप अनुसन्धान भइरहेको पनि डीएसपी रानाले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, पौष २१ २०८२०७:०५:५५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology